युवा संघको मेचीनगर अध्यक्षमा सुनिल राजबंशी निर्वाचित

2023-09-04 मा प्रकाशित

मेचीनगर, १८ भदौ । नेकपा एमाले निकट युवा संघ नेपालको मेचीनगरको सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा सुनिल राजबंशी बिजयी भएका छन् ।

काँकरभिट्टामा भएको निर्वाचनमा रजबंशीले उ ८४ र उनका प्रतिष्पर्धी सुरेन लिम्बुले ६० मत पाएको निर्वाचन मण्डलका अध्यक्ष एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजु कार्कीले बताए ।

उपाध्यक्षमा न्यूटन कार्की सर्वसम्मत र सचिवमा राकेश खवास ८६ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा अर्का प्रतिष्पर्धी विशाल गिरीले ५८ मत ल्याउन सफल भए ।

सहसचिवमा ९२ मत पाएर सञ्जय पोखरेल बिजयी भएका छन् भने उनका प्रतिष्पर्धी तेजेनलाल राजबंशीले ५२ मात पाएका छन् ।

संघको नगर समिति ४७ सदस्यीय रहेको छ । सदस्य पदमा सबै सर्वसम्मत भइसकेका छन् । निर्वाचनमा १५० जना मतदाता थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु