५९ औँ राष्ट्रिय बाल दिवस : आदर्श माविमा विविध कार्यक्रम

2023-09-15 मा प्रकाशित

मेचीनगर । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा मेचीनगरका निजी तथा सामुदायिक विद्यालयहरुले विविध कार्यक्रम सम्पन्न गरेका छन् । दिवसकै अवसरमा मेचीनगर ८ स्थित आदर्श माविमा विद्यार्थीहरुले सचेनामुलक नाटक तथा नृत्य प्रस्तुत गरे । कार्यक्रमको पूर्व सन्ध्यामा सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ ‘बालमैत्री समाजको आधार उत्तरदायी समाज’ लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड सहित विद्यार्थीहरुले र्याली निकालेका थिए । विद्यालय प्रांगणबाट निस्किएको र्याली इटाभट्टा चोक पुगेर पुनः विद्यालय प्रांगण फर्किएको थियो । ¥याली पछि औपचारिकरुपमा सुरु भएको कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, नाटक जस्ता प्रतिभा प्रस्तुत गरेका थिए ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पुर्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा समग्र विद्यार्थीको नेतृत्व गर्दै बाल क्लबकी अध्यक्ष प्रिया अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्षा ८ का विद्यार्थीहरुले प्रविधिको दुरुपयोग गर्दा निम्तिने समस्यालाई नाटकमा देखाए भने ३ कक्षाका नानीहरुले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरे ।

कार्यक्रममा शिक्षक खगेन्द्र सुवेदीले गित प्रस्तुत गरे भने विद्यालयकी कप्तान कक्षा ९ की छात्रा सृष्टी कार्कीले विद्यार्थी मन्तव्य प्रस्तुत गरिन् । शिक्षक अभिभावक संघका अध्यक्ष भोला तिम्सिना, विद्यालयका सहायक प्रधानाध्यापक हेमेन्द्र निरौलालगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा स्वागत विद्यालयकी शिक्षिका रुमा राजवंशीले गरेकी थिइन् भने सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।

बाल दिवस कै अवसरमा विहानी शत्रमा कक्षा ११ का विद्यार्थीहरुलाई कक्षा १२ को तर्फबाट स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कक्षा १२ मा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई जनही तीन हजार रुपैयाँका दरले छात्रवृत्ती वितरण गरिएको थियो । छात्रवृत्तीलाई दाता विद्यालयका पूर्व विद्यार्थी गणेशप्रसाद मैनाली र हिमा मैनालीले प्रायोजन गरेका हुन् ।

विद्यार्थीहरुले गायन, नृत्य, कवितालगायतका प्रस्तुती दिएको कार्यक्रममा सभाध्यक्ष कक्षा १२ की छात्रा खुशीया राजवंशी र सञ्चालन ऐलिसा गुरागाईं, कुमारी चौहान र मानवहादुर दर्जीले संयुक्तरुपमा गरे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु