रेडियो मन्त्र दोस्रो वर्षमा

2023-09-18 मा प्रकाशित

मेचीनगर,१ असोज । झापाको मेचीनगर ७ इटाभट्टाबाट प्रसारणमा रहेको रेडियो मन्त्र १०५।४ मेगाहर्जले आजबाट दोस्रा् वर्षमा प्रवेश गरेको छ । झापा टाइम्स मिडिया नेटवर्कले सञ्चालन गरेको रेडियो मन्त्रले २०७९ असोज १ गतेदेखि प्रसारण शुरु गरेको थियो । मुलत स्थानीय विषयबस्तुलाई प्राथमिकतामा राखेर प्रसारण सामाग्री उत्पादन गरी प्रसारण गरिरहेको रेडियोका स्टेशन मेनेजर मनिसा गौतमले बताइन् ।

देशभरि रेडियोहरु बन्द भइरहेको अवस्थामा रेडियो मन्त्र स्थापना भएकोले पनि प्रसारण मिडियामा आएको चुनौतिलाई सामना गर्दै रेडियोलाई आम मानिसको दैनिकीसंग जोड्दै अगाडी बढाउने योजना रहेको रेडियो मन्त्रका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलालेबताए ।पहिलो बार्षिक उत्सवको अवसरमास्रोता, विज्ञापनदाता र अन्य सबै शुभेच्छुकहरुलाई रेडियो मन्त्रले हार्दिक आभार प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु