काँकरभिट्टा बसपार्क मर्मत संम्भार हुने

2023-09-19 मा प्रकाशित

मेचीनगर । काँकरभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । जीर्ण हुँदै गइरहेको काँकरभिट्टा बसपार्कलाई मेचीनगर नगरपालिकाले मर्मत संम्भार गर्ने भएको हो ।

मंगलबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा शहरी विकासका इन्जिनियर सहितको टोलीले बसपार्क क्षेत्रको अवलोकल गरेको थियो ।

बसपार्कको स्थलगत अनुगमन पछि बसपार्क क्षेत्रको मर्मत गर्ने विषयमा सरोकारवालाहरुबीच छलफ समेत भएको थियो । छलफलमा नगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, मेची नगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडासदस्यहरू भविन्द्र सुब्बा, धुर्वकुमार राई र सिमा रसाइली, शहरी विकासका इन्जिनिय, रमिक्सेन राई, डेनिस भट्टराई, बसपार्क व्यवस्था समिति अध्यक्ष डिल्लीराम घिमिरे, सदस्यहरू माधव अर्याल, सुरेन्द्र बुढाथोकी, बिष्णुकुमार श्रेष्ठ, दुर्गाराज अर्याल र किरणकुमार तामाङलगायतको सहभागिता रहेको थियो ।
नगरपालिकाले विनियोजन गरेको एक करोड बजेटबाट प्राथमिकताको आधारमा पुनःमर्मत सम्भार गरिने भएको छ ।

नगरप्रमुख बुढाथोकीले नगरपालिकाले छुट्टयाइएको करोड बजेटबाट बसपार्क पुनःमर्मत सम्भार गरिने जानकारी दिए । उनले मेचीनगरको गौरवको योजनाका रूपमा अगाडि सारिएको बहुतले टर्मिनल बसपार्क बनाउन नगरपालिका लागि परेको समेत बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु