संविधान दिवसको अवसरमा मेचीनगर –८ मा दिप प्रज्वलन

2023-09-20 मा प्रकाशित

मेचीनगर । संविधान दिवस २०८० को अवसरमा नेकपा एमाले मेचीनगर –८ वडा कमिटिले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै वडाकमिटिले मेचीनगर ८ स्थित सिर्जना चोकमा दिप प्रज्वलन गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्रीय पार्टी संयोजक टिकाराम मंग्रान्तीको प्रमुख आतिथ्य तथा नेकपा एमाले –८ नम्बर वडा कमिटिका अध्यक्ष विष्णु कुमार भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर – ८ का वडा अध्यक्ष गिरीराज धमला, कार्यक्रमका प्रमुख अतिथि मंग्राती लगायतले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त सम्पूर्ण उपलव्धीलाई संस्थागत गर्दै आर्थिक समृद्धी र समुन्नतीको दिशामा मुलुक अझै तीव्र रूपमा अघि बढ्न सकोस् भनि शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा वक्ताहरुले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाहगर्नुहुने संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङको निधनले सिंगो देश शोकमा रहेको र देशलाई अपुरणीय क्षति पुगेको बताए । उनीहरुले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्व. सुशिल कोइरालालाई समेत स्मरण गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य रमा भण्डारी, युवासंघ प्रदेश कमिटि सदस्य रधुनाथ धिमाल, मेचीनगर अध्यक्ष सुनिल राजवंशी, नेकपा एमाले नगरकमिटि सदस्य सन्तोष मेचे , नेपाली मेचीनगर – ८ का वडा सभापति हेमप्रसाद कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन वडा सचिव मिलन विश्वकर्माले गरेका थिए । कार्यक्रममा स्व. नेम्वाङको तस्वीरमा माल्यार्पर्ण समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु