गृहलक्ष्मी साकोसको एकाईगत साधारणसभा सम्पन्न

2023-09-22 मा प्रकाशित

मेचीनगर । मेचीनगर–९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिको १५ औं इकाईगत वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको  छ  । धुलबरी स्थित प्रधान कार्यालयमा आयोजित साधारणसभाको उद्घाटन मेचीनगर ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ ले गरेका थिए ।

इकाईगत वार्षिक साधारणसभामा विर्तामोड नगरपालिका सहकारी अधिकृत श्री डिल्लीप्रसाद दाहालको समेत उपस्थिती रहेको थियो । सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष रेणुका डाँगीको अध्यक्षता साधारण सभा सम्पन्न भएको थियो। सहकारीले इकाईगत वार्षिक साधारणसभा अन्तर्गत बिर्तामोड सेवा केन्द्र, इटाभट्टा सेवा केन्द्र र गाडागल्ली सेवा केन्द्रको साधारणसभा सम्पन्न गरिसकेको सहकारी संस्थाका व्यवस्थापक सरोज मेहराले जानकारी दिए । संस्थाको माइन्युट प्रमाणीकरण भने असोज ६ गते भोलि धुलाबारी स्थित प्रधान कार्यालयमा हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु