पशुपति माविका शिक्षक र कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने

2023-10-01 मा प्रकाशित

बाहुनडाँगी । मेचीनगर –४ स्थित पशुपति माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले नेपाल बैंक लिमिटेडबाट बिना धितो कर्जा पाउने भएका छन् ।
नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखा र पशुपति माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा आइतबार (आज) सम्झौता भएको छ ।
बैंकवाट प्रवाह गरिने अधिकतम रु १५ लाख सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फवाट काकरभिट्टा शाखाका शाखा प्रवन्धक गोविन्द प्रसाद सुवेदी र पशुपति माध्यमिक विद्यालयको तर्फवाट विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रधानले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ ।
कार्यक्रममा नेपाल बैंक लिमिटेडको कर्जा विभागका भानु भक्त ढुंगाना, विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भानुभक्त ढुंगानाले गर्नु भएको थियो । बैंकले यस अघि मेचिनगरकै आदर्श माध्यमिक विद्यालय र वालकल्याण माध्यमिक विद्यालय बीच सेवाग्राही कर्जा लिने दिने विषयमा सम्झौता गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु