सुरेन्द्रनगर । बालकल्याण माध्यमिक विद्यालयले ५० औं वर्ष गाँठको अवसर पारेर स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले आगामी फागुन महिनामा सरस्वती पूजाको अवसर पारेर विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउने भएको हो ।
विद्यालयमा शुक्रबार सम्पन्न अभिभावक तथा सरोकारवालाहरुको भेलाले स्वर्ण महोत्सव मनाउने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले आर्थिक वर्ष २०७९ ÷०८० कोे सामाजिक लेखा परीक्षण प्रतिवेदन समेत प्रस्तुत गरेको थियो । महोत्सवको अवसरमा विद्यालयले पूर्व शिक्षक, पूर्व विद्यार्थी एवम् विद्यालयमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले शिक्षक, ब्यवस्थापन समिति तथा अभिभावकहरुको सहयोगले विद्याल छोटो समयमा शैक्षिक तथा भौतिक विकासमा फड्को मारेको बताए । कार्यक्रममा मेचीनगर ५ का वडा सदस्य मनकुमार लिम्बू तेजिमाया राउत, समाजसेवी डम्बर पुरी, खगेन्द्र भण्डारी, टेक बहादुर तामाङ, अनन्तकुमार दाहाल , लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्र.अ.न्यौपानेले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान गर्नु हुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग गर्न अनुरोध गरेका थिए ।
शिक्षक सन्तलाल माझीले स्वागत गरेको कार्यक्रको सञ्चालन सहायक प्रअ राजीव गिरीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्