
2023-10-28 मा प्रकाशित
धुलाबारी । असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १६ औँ दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक खरेलल शनिबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका छन् ।
उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छन् । जव तिमीले, अलग भो बाटो, यो धतृिमा, तप तप आँशु लगायत आधा दर्जन गीतहरु गाउने भएको मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए । विद्यार्थीहरुको परीक्षा र दशैँ सकिए लगत्तै महोत्सवमा भिड बढ्न थालेको आयाजकको भनाई छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहेको छ । यसअघि महोत्सवमा गायिका एलिना चौहान, गायक महेश काफ्ले लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।
प्रतिकृया दिनुहोस्