काँकरभिट्टा माविको पूर्व विद्यार्थी समाजले गर्याे १५ लाखको अक्षय कोष स्थापना गर्ने निर्णय

2023-10-28 मा प्रकाशित

मेचीनगर । काँकरभिट्टा माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले काँकरभिट्टा माविको नवगठित पूर्व विद्यार्थी समाजले १५ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।

पूर्व विद्यार्थीहरुको आज बसेको पहिलो बैठकले १५ लाखको अक्षय कोष स्थापन गर्ने निर्णय गरेको र आफूबाटै कोषको सुरुवात गरेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । अक्षयकोषको व्याजबाट विद्यालयमा अध्ययन गर्ने विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री तथा छात्र बृत्ति प्रदान गर्ने छौं । अध्यक्ष प्रधानले भने,‘ हाम्रो कार्यकालको तीन वर्षमा १५ लाख प्र्र्याउने लक्ष छ । आज यसै विद्यालयकी पूर्व विद्यार्थी मेरी श्रीमती सविता र म बाट रु १० हजार १ रुपैयाँ कोषमा जम्मा गरेर कोषको सुरुवात गरेको छौं ।’ प्रत्येक वर्ष ५ लाखका दरले कोष बृद्धि गर्दै जाने उनले बताए ।

कोष निर्माणमा देश विदेशमा छरिएर रहेका काँकरभिट्टा माविका पूर्व विद्यार्थी तथा विभिन्न संघ संस्था र सहयोगी हातहरुको सहयोग प्राप्त हुने समितिले विश्वास लिएको छ । समितिले कोष बृद्धिमा सहयोग गर्न सबै सँग आग्रह समेत गरेको छ ।

समितिको पहिलो बैठकले कोष बृद्धिमा थप सहयोग पुर्र्याउन तिहारको अवसरमा कार्तिक २७ र २८ गते दुई दिन देउँसी समेत खेल्ने निर्णय गरेको छ ।

विद्यालयमा हालै सम्पन्न पूर्व विद्यार्थीहरुको भेलाले अरुणकुमार प्रधानको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरेको थियो ।

समितिको उपाध्यक्ष बिटु गुरुङ्ग, सचिवमा गणेशकुमार खरेल, कोषाध्यक्षमा हरिमाया ढुङ्गेल सर्बसम्मत चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा क्रमश पुष्कर ढकाल, प्रवीण बानिया, इन्दिरा खरेल, रन्जिता पनेरु, सुदास गोले तामाङ्ग, शेरबहादुर थापा (शेखर) सन्दिप थापा, ज्ञाननाथ गौतम र धनकुमार श्रेष्ठ रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु