कञ्चनजंघा आधारभुत विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंक लिमिटेडले विना धितो कर्जा प्रवाह गर्ने

2023-11-09 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगर ८ स्थित कन्चनजंघा आधारभुत विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल वैक लिमिटेड काकडभिट्टा शाखाले विना धितो कर्जा प्रवाह गर्ने भएको छ । विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई विना धितो कर्जा प्रवाह गर्ने विषयमा बुधबार विद्यालय र नेपाल बैंक लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कर्जा लिने दिने विषयको उक्त सम्झौता पत्रमा नेपाल वैक लिमिटेडको तर्फवाट काकरभिट्टा शाखाका शाखा प्रवन्धक गोविन्द प्रसाद सुवेदी र कन्चनजंघा आधारभुत विद्यालयको तर्फवाट विद्यालयका प्रधानाध्यापक घनश्याम पोख्रेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नेपाल वैंक लिमिटेडका सहायक शाखा प्रवन्धक श्रद्धा साह, कर्जा विभागका भानु भक्त ढुंगाना लगायत विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । काकरभिट्टा शाखाका शाखा प्रवन्धक गोविन्द प्रसाद सुवेदीले सहजीकरण गरेको उक्त कार्यक्रमको सञ्चालन नेपाल बैंकका भानुभक्त ढुंगानाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु