धुलाबारीमा थ्रीडी युवा ग्रुपको साँस्कृतिक कार्यक्रम

2023-11-13 मा प्रकाशित

मेचीनगर । थ्रीडी युवा ग्रुपको आयोजनामा धुलाबारीमा साँस्कृतिक कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य रविन कोइरालाले गरेका थिए ।

धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसमा सम्पन्न साँस्कृतिक कार्यक्रममा स्थानीय नव प्रतिभाहरुद्वारा गायन, नृत्यसंगै गजल र कविता, बिभिन्न जाजजातिको जातीय नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो भने साँस्कृतिक कार्यक्रमलाई कलाकार प्रतीक चापागाईं, समीर रसाइलीले थप रोचक बनाएका थिए ।
कार्यक्रममा मनोज कार्की दुर्गा भण्डारीसंगै पुर्वाञ्चल बोर्डिङ स्कुल, होलिबेल बोर्डिङ स्कुल, कन्भेन्ट बोर्डिङ स्कुल, महासरस्वती बोर्डिङ स्कुल,, कवि शिरोमणि मावि, भानु मावि र राजवंशी समाज मेचीनगर ८ लगायत संस्थाका कलाकारहरूले समेत भरपुर मनोरञ्जन प्रदान गरेको संस्थाका सचिव सन्तोष धमलाले जानकारी दिए ।

संस्थाका अध्यक्ष रघुनाथ धिमालको अध्यक्षतामा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिसंविधानसभा सदस्य रविन कोइरालाको रहेको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार सन्तोष आचार्य, युवा व्यवसायी हरि दाहाल, धुलाबारी जेसिस बर्ष २०२३ का अध्यक्ष योगेश राजवंशी, पुर्वाञ्चल बोडिङ्ग स्कुलका प्रिन्सिपल लिला राई, होलिबेल बोडिङ्ग स्कुलका इन्चार्ज सुरज कार्की, काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति उपाध्यक्ष गोविन्द गिरी, काँकडभिट्टा साकोसका अध्यक्ष भूपाल सिवाकोटी, हिमालयन टोल विकास संस्थाका अध्यक्ष उमेश डाँगी, झापाली साहित्य समाजका सचिव कवि विवेक निसानी, सदस्य प्रकाश निराकरलगायतको आतिथ्यता रहेको थ्रीडी युवा ग्रुपका सदस्य सरोज मेहराले जानकारी दिए ।

थ्रीडी युवा ग्रुपका उपाध्यक्ष पवन बराइलीले स्वागत गरेको कार्यक्रम सञ्चालन कोषाध्यक्ष मन्जु चिमिरयाले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु