एम्बुलेन्स खरिदको लागि ज्यामिरगढीका युवाले दिए वडामा दवाव

2023-11-17 मा प्रकाशित

मेचीनगर, १ मंसिर । वडा कार्यालयमा पटक पटक एम्बुलेन्स खरिदकोलागि दवाव दिँदै आएका मेचीनगर १५ ज्यामिरगढीका युवाहरुले शुक्रबार एम्बुलेन्स खरिदको लागि थप दवाव दिएका छन् । युवाहरुले वडाले एम्बुलेन्स खरिदको लागि कुनै पहल नगरेको भन्दै वडालाई पाँच हजार रकम हस्तान्तरण गरेर थप दवाव सिर्जना गरेका हुन् ।

वडा नम्बर १५ का नागरिक विरामी हुँदा अस्पतालसम्म पुर्याउन एम्बुलेन्स नभएकोले ज्यामिरगढीका युवाहरुले एक कार्यक्रमबीच वडाध्यक्ष गुणराज भट्राई (राजन) लाई सो रकम बुझाएको थिए ।

युवाहरुले तिहारमा स्थानीय ठाउँमा ‘भाग्य चिठ्ठा’ रमाइलो मेला आयोजना गरेको थियो । मेलाबाट बचेको रकममध्ये ५ हजार रुपैयाँ एम्बुलेन्स खरिदका लागि दवाव स्वरुप सो रकम वडाध्यक्ष भट्टराईलाई हस्तान्तरण गरिएको हाम्रो ज्यामिरगढी युवाहरुका संयोजक जयराम दाहालले जानकारी दिए ।

वडाअध्यक्षले चुनाव जितेदेखि नै एम्बुलेन्स आउँछ भनेर आशा दिलाएका थिए । २ वर्ष हुन लाग्दा पनि एम्बुलेन्स नआएपछी आज आयोजित कार्यक्रमको व्यानरमै कहिँले आउँछ एम्बुलेन्स सेवा रु भनेर लेखेका थिए ।

हस्तान्तरण गरिएको सो रकम वडाको मातहतमा रहने गरी काली मन्दिर पुजा तथा मेला समितिको खातामा जम्मा गरिएको संयोजक दाहालले बताए ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने वडाबासीको स्वास्थ्यमा पर्ने आपतकालीन समस्यालाई सामाधान गर्न एम्बुलेन्स आवश्यक भएको ठहर गर्दै दवाव दिने उद्देश्यले अभियान सञ्चालन गरिएको हाम्रो ज्यामिरगढी युवाका सदस्य प्रकाश खड्काले बताए ।
वडाध्यक्षले एम्बुलेन्स नल्याएपछि युवाहरुले दवाव अभियान सुरु गरेको सुरज पाहानले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु