खेमराज थाम्सुहाङ्ग
प्राणी जीवनमा जव नव जात वा अर्को पुस्ता सुरुवात हुँदा जिन (Gene) र क्रोमोजम (Chromosome) पनि सँगै आउँछ जिनले अघिल्लो पुस्ताको स्वभाव/सोच हो भने क्रोमोजमले रुप, रंग, आकार लिइएर आएको हुन्छ । कुनै एक मानिसको जीवन कुनै पनि तह वा छेत्रमा नियम, कानुन भएता पनि कस्तो हुनुपर्ने भन्ने अहम भूमिका यी तत्वहरुले खेलेको हुन्छ । मेरो छोरा-छोरी कस्तो भयो भन्दा पनि म कस्तो थिए ? र आफ्नो वंश फर्केर हुनु नै उचित हुन्छ ।
अहिलेको २१ औँ सताब्दी तथा इ. सं. २००० देखि एता जन्मेको भनौँ २०/२५ वर्ष भित्रका उमेर भएकाहरु यस आधुनिक समाज, यसले निम्त्याएको ज्ञान–सिप लिइदै बाँच्न–चल्न अभ्यास गर्दै विश्वकरण जीवन शैलीमा स्थापित भएको देखिन्छ । यी पुस्तामा हल्का जेनेटिक्स थट प्रसोधन भएको देखिन्छ । आजको दिनसम्ममा २५/३० वर्ष माथिका उमेर समूहका यस जेनेटिक्स थटले अति गाजिएको देखिन्छ, जसको कारण व्यवहारिक कार्य कम तर बोलीले÷कुराले सबै गर्ने यस किसिमको संस्कारले हाम्रो देशमा पोलिटव्यूरो, व्युरोकेसी, संघ–संगठन, समाज, सम्बन्ध, व्यवहार र व्यक्ति–व्यक्ति सबै नै असर÷प्रभावमा फसेको देखिन्छ ।
यस सन्दर्भलाई हेर्दा, हालको राज्य सञ्चालक पक्षलाई वा ठूला दलका नेतृत्व पङ्तीका अग्रजहरुबाट नेपालको सम्पूर्ण विकासको उच्च आशा राख्नु भनेको कराईमा ढुङ्गा पकाएर खाउँला भने जस्तै हो । राणाले पहिलो र दोस्रो विश्वयुद्ध देखे÷भोगे, अन्य दलहरुले राणाहरुलाई हेरे, अर्को दलले यिनीहरुले हेरे र त्यसै गरे । जुन समय भिड, हितयार, बारुद हेर्ने चलन थिए र त्यस अनुपातमा आफुलाई वा अन्यलाई शक्ति र कमजोरीको मूल्याङ्कन गरिन्थ्यो र जेनेटिक्स थर्टको उपनाम अहम् र झूण्ड पनि हुँदोरहेछ । जहाँ कुनै व्यवहारिक विचार, दुरदर्शी कार्ययोजना, मानव–श्रमिक, श्रमको मुल्य, विज्ञान–प्रविधि, विविध उत्पादन, बजार नीति तथा विकास उन्मुखका तत्वहरुलाई परिचालन÷उत्पादन प्रतिको ज्ञान अवोध हुँदो रहेछ । अरुको व्यवहार र कार्यशैलीलाई आलोचना गर्दै झोला बोकाउने तथा कसरी हुन्छ ? टाउको गनेर भिड बडाउने । त्यसैले होला आजभोली पनि लेलीन, काईराला, अधिकारी वा वंशका प्रतिष्टित नाम लिइएर अघि बड्ने र सधैँ शक्तिमा रहिरहने जेनेटिक्स थर्टको असर परेको देखिन्छ ।
यो जेनिटिक्स थर्ट प्रसोधन हुन चार÷पाँच पुस्ताको समय लिइने गर्छ भन्ने विज्ञहरुको भनाई बुजिन्छ । यदि यी नयाँ पुस्ताहरु यो आधुनिक विश्वकरण समाज र बजारीकरणभित्र गुलमिल भएर हुर्केका छन् भने नत्र असम्भव हुन्छ । कता–कता अपवादको विषय, अघिल्लो पुस्ताहरु भित्रै खुल्ला समाज/वातावरणमा हुर्केका र परिवार तथा नाताभित्र समाजलाई बुजेर हुर्केकाहरु अलि फरक भेटिन्छ । उहाँहरुको भिजन, कार्यशैली नै फरक हुँदोरहेछ । स्वतन्त्र ढङ्गमा एकल नै शक्ति हुँदो रहेछ ।
नागरिकले पनि नेतृत्वमा भिजन र व्यवहारिक कार्य खोज्दो रहेछ, नेतृत्वबाट पनि सम्मान व्यवहार, स्नेह र आशा राख्दो रहेछ भन्ने बुजिन्छ, यसको उदाहरण हामीले देखिरहेका छौँ । साँचै देश विकास गर्नको निम्ति नेतृत्व पंत्तिहरुले यो जेनिटिक्स थर्टबाट माथि उठ्नु पर्ने हुन्छ, विश्वकरण बुजेको, वर्तमन समाज र समयको मुल्य मान्यताको वास्तविक महसुस गरेको हुनुपर्ने हुन्छ । देश व्यवस्थाले विग्रेको होइन यो वंशाणुगत सोच दिमागबाट नहटेसम्म अथवा यो सोच बोकेका टाउकोहरु नहटेसम्म यो हालत भएको हो भन्दा केहि फरक नपर्ला । अब २०८४ को आशा होइन, नयाँ पुस्तालाई नै कुर्नु पर्ने हुन्छ ।
प्रतिकृया दिनुहोस्