बाहुनडाँगी जेसीजको अध्यक्षमा : बानियाँ

2023-12-25 मा प्रकाशित

बाहुनडाँगी । बाहुनडाँगी जेसीज वर्ष २०२४ को अध्यक्षमा देबु बानियाँ सर्वसम्वत निर्वाचित भएका छन् । आइतवार सम्पन्न शाखाको १२ औँ वार्षिक साधारणसभाबाट बानियाँ अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन् । २०१३ मा बाहुण्डाँगी जेसीजमा आबद्ध भएर निरन्तर काम गर्दै आएका बानियाँले जेसीजका सबै पदहरुमा बसेर जिम्मेवारी पुरा गरिसकेका छन् । ।
नेपाल जेसीजबाट पटक पटक सम्मानित भएका बानियाँ देशभरका शाखाहरुसँग परिचति छन् । २०१९ मा नेपाल जेसीजको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका थिए । बानिया प्रेस क्लब मेचीनगरका सचिव समेत हुन् ।

अधिवेशनले शाखाको कार्यकारीणी उपाध्यक्षमा शुष्मा मिश्र, केदार सुनवार, उपाध्यक्षहरुमा थेसीस रुचाल, पवन बराइली, सदेश पौडेल र किरण गौतम सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त दिपक बरालले बताए । यसैगरी नवनिर्वाचित अध्यक्ष बानियाँले विभिन्न पदमा मनोनित समेत गरेका छन् ।

मनोनित हुनेहरुमा महासचिवमा सुस्मिता खतिवडा, कानुनी सल्लाहकारमा न्यूटन कार्की र कोषाध्यक्षमा नृत्यनन्द चम्लगाई रहेका छन् । अन्य बाँकी पदहरुलाई शाखाको पदहस्तान्तरण समारोहमा हुने बरालले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु