मेचीनगर क्षेत्रमा रहेका आचार्य बन्धुले गरे सामुहिक गोठ पूजा

2023-12-26 मा प्रकाशित

मेचीनगर । मेचीनगर क्षेत्रमा छरिएर रहेका आचार्य बन्धुहरू एकै ठाँउ संगठित हुँदै सामुहिक गोठ पूजा गरेका छन् ।

मंगलबार मेचीनगरका पन्द्रवटै वडामा छरिएर रहेका आचार्य (कौडिण्य) बन्धुहरू मेचीनगर १० खहरेडाँगी स्थित नारायण प्रसाद आचार्यको घरमा सामुदायिक रूपमा भेला भई गोठपूजा सम्पन्न गरेका हुन् ।

आचार्य बन्धु सेवा समाज मेचीनगरको समन्वयमा प्रत्येक बर्ष उधौली र उभौली पर्वको अवसरमा आचार्य कौडिण्य बन्धुहरू एक ठाउँमा भेला भएर सामुहिक रूपमा गोठपूजा गरिदै आएको आचार्य बन्धु सेवा समाज मेचीनगरका अध्यक्ष जयप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार त्यहीँ कार्यलाई निरन्तरता दिदै आज भेला भएको जानकारी दिए ।

उनले आगामी बैशाखी पुर्णिामामा मेचीनगर ९ स्थित भक्ती प्रसाद आचार्यको घरमा आचार्य (कौडिण्य) बन्धुहरू भेला भएर गोठपूजा गरिने बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु