समाजसेवी कार्की सम्मानित

2020-08-27 मा प्रकाशित

बिर्तामोड,११ भदौ । सामाजिक व्यक्तित्व तथा व्यवसायी बलराम कार्की सम्मानित भएका छन् । बिर्तामोड १ मा रहेको संस्था कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा कार्कीलाई बिहीबार सम्मान गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदस्य कार्कीले सामाजिक गतिविधि र निजी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संस्थाको पाँचौँ साधारणसभामा उनलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी तथा संस्थाका अध्यक्ष तुलसीराम खरेलले सम्मानपत्र प्रदान गरेका थिए ।

संस्थाका उपाध्यक्ष भक्त कार्कीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु