मेरो जमिन फिर्ता दिलाइदिनु होस् : भण्डारी

2023-12-31 मा प्रकाशित

धुलाबारी । मेचीनगर–९ की अन्जु खनाल( भण्डारी) ले आफू भू माफियाको फन्दामा परेर घरबिहिन बन्नु पर्ने अवस्था आएकोले आफ्नो जमिन फिर्ता गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेकी छिन् ।
आफू बिरामी हुँदा २०७१ साल बैशाख ४ गते दृष्टिबन्धक राखेर स्थानीय सन्तोष खड्कासँग पाँच लाख रकम लिएकी थिएँ । भण्डारीले भनिन्, २ बर्षपछी पर्काउने सर्त थियो, भाका नाघ्नै लाग्दा मैले धितो फुकुवा गर्न पटकपटक आग्रह गरे तर हालसम्म धितो फुकुवा भएन मलाई अन्याय भयो ।
रकम लिँदा दृष्टिबन्धक कागज गर्नुपर्नेमा काठमाडौँ–१४ का सुजन श्रेष्ठले राजीनामा पासको पेपर बनाएर कृर्ते पास लिएको भण्डारीको आरोप छ । श्रेष्ठले जमिन आफ्नो नाउँमा आउनेबित्तिकै बैंकमा राखेर ७० लाख ऋण लिएको रहस्य खुलेको छ ।
इडिभि परेर श्रेष्ठ अमेरिका पुगेपछी हाल उक्त जमिन शंकर बस्नेतको नाउँमा आएकोले उक्त जमिन फिर्ता दिलाइदिन आग्रह गरेको हुँ । उनले पत्रकार सम्मेलनमा भनिन् ।
श्रीमान पुर्णप्रसाद भण्डारीको नामको कित्ता न.१३३३ को १ बिगाह ५ कठ्ठा जमिन उनकै नाउँमा ल्याएर ग्लोबल आइएमइ बैंकमा श्रेष्ठले राखेर अन्याय गरेको बताइन् । श्रेष्ठले लिएको ऋणको साहुँ–ब्याज नतिरेपछि बैंकले मिलेमतोमा लिलामको प्रक्रियाका लागि सूचना निकालेर बैंकको ऋण र उक्त जमिनसमेत सकारिसकेको खबरले थप पीडित बनाएको भण्डारीको भनाई छ ।
यसैबीच नेकपा कम्युनिस्ट (बिप्लब) पार्टीले महिला भण्डारीको न्यायोचित माग पूरा नभएसम्म उक्त जमिनको कारोबार नगर्न भन्दै झण्डासहित ब्यानर राखेको छ । पार्टीका जिल्ला अध्यक्ष प्रशान्त सि ले देबी (अन्जु खनाल) भण्डारीको मागलाई सम्बोधन गर्दै जमिन फिर्ता दिनसमेत सम्बन्धित ब्यक्तीलाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु