बाहुनडाँगीमा तरुल महोत्सव भोलिदेखि, सम्पूर्ण तयारी पुरा

2024-01-13 मा प्रकाशित

मेचीनगर । मेचीनगरको बाहुनडाँगीमा भोलिदेखि भब्य रुपमा तरुल महोत्सव हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको वडानम्बर ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए । मेचीनगरका अन्य वडा भन्दा फरक पहिचान स्थापित गर्दै आएको वडानम्बर ४मा अघिल्लो वर्षदेखि तरुल महोत्सव आयोजना हुँदै आएको छ । दुई दिने कार्यक्रमको उद्घाटन् पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गर्ने भएका छन् भने समापन कार्यक्रममा संघीय सांसद विश्वप्रकाश शर्मा सहभागि हुने भएका छन् ।
मेचीनगर नगरपालिकाको आयोजना र वडा नं. ४ को व्यवस्थापनमा हुन लागेको तरुल महोत्सवमा सहभागि भई तरुल किन्न मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले सबैलाई अपिल गरेका छन् ।
स्वास्थ्यका लागि अत्यन्तै पौष्टिक मानिएको तरुल खेतिलाई प्रोत्साहन गर्न र ग्रामिण जनजिवनलाई हौसला प्रदान गर्न तरुल महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष कार्कीलेबताए ।

गत बर्ष माघ १ गतेका दिन एक दिवशीय आयोजना गरिएको तरुल महोत्सव यो बर्ष दुई दिनसम्म आयोजना गर्न लागिएको छ । कोशी प्रदेशमै बाहुनडाँगीमा मात्रै आयोजना हुने तरुल महोत्सवले कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने मेचीनगर नगरपालिकाले अपेक्षा गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु