बिन्ती साकोसको १५ औँ साधारण सभामा सम्मान

2024-01-13 मा प्रकाशित

मेचीनगर, २८ पुस । मेचीनगर –८ स्थित बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको गरेका थिए । कार्यक्रमको अवसरमा सहकारीले असल ऋणी, असल बचतकर्ता, जेष्ठ नागरिक तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।
सहकारीले उत्कृष्ट बचतकर्तातर्फ लक्ष्मण उराँव र अम्बिका रम्तेललाई सम्मान गरेको छ । त्यसै गरी असल ऋणीतर्फ दिपा राजवंशी र बाबुराम तामाङ सम्माित भए सहकारीले उत्कृष्ट कर्मचारी सम्मान पुरस्कार संगीता ढकाल र डम्बरकुमारी शर्मालाई प्रदान गरेको छ ।
त्यसैगरी, जेष्ठ नागरिक बचतकर्तातर्फ रुकमणि चापागाई सम्मानित भइन । सम्मानति सबैलाई दोसल्ला ओढाएर सम्मान नगद सहित सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, समाजसेवी देवनारायण सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खडियाले प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष प्रेमबहादुर देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका श्रृजनाचोक सेवा केन्द्र प्रमुख किशोरकुमार सार्कीले गरेका थिए ।
संस्थाले किसानहरुका लागि सहुलियत दरमा अनुदानको रासायनिक मल, बिऊ बिजन बिक्री वितरण गर्दै आइरहेको संस्थाका अध्यक्ष दशरथ खडियाले जानकारी दिए । संस्थाले सदस्यहरुको लागि मोबाइल बैंकिङ सेवा समेत शुरु गरेको संस्थाका व्यवस्थापक आरती उराँवले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु