राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम वडा अधिवेशन धमाधम हुँदै

2024-01-14 मा प्रकाशित

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले मेचीनगरमा वडा प्रथम अधिवेशनलाई तीब्रता दिएको छ । रास्वपाले पौष २१ गतेदेखि नगरका बिभिन्न वडाहरुमा अधिवेशन सञ्चालन गरिरहेको पार्टीका बिभागिय प्रदेश सदस्य याम बुढाथोकीले जानकारी दिए ।
शनिवार मेचीनगरका तीनवटा वडामा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै वडामा नयाँ नेतृत्व प्रदान गरिरहेको छ । अधिवेशनले ६ नम्बर वडाको सभापतिमा सुदर्शन खड्कालाई सर्वसम्मत चयन गरेको छ । खड्काको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको र बाँकी दुई जना सदस्य समितिको पहिलो बैठकले मनोनित गर्ने समितिले जनाएको छ । मेचीनगर ६ को अधिवेशनमा प्रदेश इञ्चार्ज ओम भण्डारी, प्रदेश सदस्य याम बुढाथोकी, नगर सचिव असिम दाहाल लगायतको आतिथ्यता रहेको थियो ।


त्यसैगरी मेचीनगर १० को वडा अधिवेशनबाट सभापतिमा भोला खनाल सर्वसम्मत चयन भएका छन् ।
वडानम्बर १० को वडा अधिवेशन सफल पार्न मेचीनगर सभापति कमल गौतम, प्रदेश सदस्य लक्ष्मण खड्का, नगर संगठन विभागका नगरेन्द्र सिवाकोटी लगायतकाको सहभागिता थियो ।
उता ९ नम्बर वडा अधिवेशनमा पार्टीका क्षेत्रीय सभापति भीम कुँवर, प्रदेश सदस्य हिमेश हुमागाईँ, नगर जनसम्पर्क विभाग प्रमुख मनोज गौतम लगायतको आतिथ्यता रहेको थियो । अधिवेशनले ९ नम्बर वडाको सभापतिमा ऋषीनाथ खनाललाई सर्वसम्मत चयन गरेको छ ।
यस अघि भएको अधिवेशनबा वडानम्बर २ को सभापतिमा पुरुषोत्तम काफ्ले, ७ को सभापतिमा दिपेश तिवारी चुनिएका छन् । वडानम्बर ८ को वडा सभापतिमा राजकुमार गिरी चयन भएका थिए ।
समितिले आगामी माघ १३ गते सम्ममा सबै वडामा अधिवेवशन सम्पन्न गर्ने कार्यक्रम रहेको क्षेत्रीय सभापति भीम कुँवरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु