बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज बिहीबार एकै दिन दुईवटा कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीजले बलभद्र आधारभूत विद्यालय मेचीनगर–३ मा खेलकुद सामग्री वितरण तथा भित्ते चित्रकला उद्घाटन सम्पन्न गरेको छ । करिब १० हजार मूल्य बराबरका फुटबल, भलिबल, क्रिकेट, स्किपिङलगायतका खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।
यसैगरी जेसीजका जनसम्पर्क अधिकारी चित्रबहादुर श्रेष्ठले निर्माण गरेका विद्यालय सम्बन्धि विभिन्न चित्रहरुको उद्घाटन गरिएको छ । बाहुण्डाँगी जेसीजको लोगो अनावरण गर्दै चित्रकलाको उद्घाटन गरिएको थियो ।
अध्यक्ष बानियाँको सभापतित्व तथा मेचीनगर–३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापा, पूर्व अध्यक्ष मेगनाथ थापा (मेगेन्द्र), विद्यालयका सदस्य अजय शंकर, जेसीजका निवर्तमान अध्यक्ष केवल निरौलालगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निरज पोखरेल, पूर्व अध्यक्षहरु राजेन्द्रकुमार थापा, तिलविक्रम लुङ्गेली, विद्यालयका खेलकुद प्रशिश्रक मित्रकुमार सारु, पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण मलम्पाकी मगर, अग्रज अभिभावक बलबहादुर आले, बहुवन सामुदायिक वनका अध्यक्ष भुवनविक्रम थापा, शिक्षक अभिभावक संघका अध्यक्ष शेरबहादुर समाल, जेसीजका प्रमुख सल्लाहकार समिर राईलगायतको उपस्थिति रहेको थियो ।
सदस्य एलिस पौडेलले आस्था पाठ गरेको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक डिल्लीराज भारती र सञ्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् । वर्ष २०२४ का अध्यक्ष देबु बानियाँले नेतृत्व लिएसँगै जेसीजले आफ्नो अभियानलाई तीव्रता दिएको हो । योसँगै शाखाले जनवरी महिनामा ७ वटा कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिकृया दिनुहोस्