सम्मान तथा पुरस्कार वितरण सहित काँकरभिट्टा माविको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

2024-01-29 मा प्रकाशित

काँकरभिट्टा । काँकरभिट्टा माविको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवश विविध  कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ । विद्यालयले दिवशका अवसरमा वर्ष उत्कृष्ट विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान तथा पुरस्कृत गरेको थियो  भने कार्यक्रमलाई रोचक बनाउन विद्यार्थीहरुको सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष होमबहादुर विष्टको सभापतित्व तथा कोशी प्रदेशका सांसद गोपाल तामाङको प्रमुख आतिथ्य आतिथ्य रहेको कार्यक्रममा विद्यालयले वार्षिकउत्सव विशेष खेलकुद सप्ताहको अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो ।
विद्यालयले बिवश दाहाललाई २०८० को सर्वोत्कृष्ट विद्यार्थी र वर्ष उत्कृष्ट विद्यार्थीका रुपमा तपश निरौलालाई प्रशंसापत्रसहित पुरस्कृत गर्याे ।

त्यसैगरी शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा सहभागी भएका कक्षा ६, ७ र ९ का विद्यार्थीहरुमध्ये कक्षा ९ को परीक्षामा सम्मिलित भई छात्रतर्फ कूल ३.८५ जीपीएसहित सर्वोत्कृष्ट स्थान हासिल गर्ने बिवश दाहाललाई नगदराशी ३६ सय रुपैयाँसहित प्रशंसापत्र प्रदान गर्याे ।
कार्यक्रमको अवसरमा विद्यालयले शिक्षक भिमादेवी भेटवाललाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ भने भने स्व. देवीमाया भट्टराईलाई मरणोपरान्त सम्मान प्रदान गरेको छ ।

विद्यालयले, वर्ष उत्कृष्ट अभिभावकका रुपमा विष्णुमाया गहतेलाई नगद ३ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ भने चित्रकला प्रशिक्षक अनिल विष्ट लाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रकै अवसरमाअवसरमा विद्यालयको बाल क्लबद्वारा प्रकाशित चौमासिक पत्रिका काँकरभिट्टा मावि दर्पण सार्वजनिक सार्वजनिक गरेको छ। विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष होमबहादुर विष्टद्वारा अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पूर्वअध्यक्षहरु, पूर्वप्रधानाध्यापकहरु, पूर्व विद्यार्थी समाजका अध्यक्ष एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले स्वागतसहित औचित्यबारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षक मदन अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु