बुद्धशान्तिको प्रकोप व्यवस्थापन कोषमा स्वास्थ्यकर्मीद्वारा ५६ हजार सहयोग

2020-04-21 मा प्रकाशित

बुधबारे,९बैशाक ।बुद्धशान्ति गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले प्रकोप व्यवस्थापन कोषमा मंगलबार ५६ हजार रुपैँया रकम जम्मा गरेका छन् । गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक स्वास्थ्य इकाई, एउटा स्वास्थ्य शाखा, एउटा आयुर्वेद र दुईवटा स्वास्थ्य चौकीमा कार्यरत ३७ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य कर्मचारीले उक्त रकम विपत व्यवस्थापन कोषमा जम्मा गरेका हुन । यो सँगै लकडाउनका कारण समस्या भोगिरहेका विपन्न परिवारका लागि स्थापना गरिएको बुद्धशान्ति गाउँ पालिकाको प्रकोप व्यवस्थापन कोषमा १८ लाख रुपैयाँ बढी रकम संकलन भएको प्रमुख प्रसाशकीय अधिकृत ईन्द्रप्रसाद चापागाईंले बताएका छन् ।

गाउँपालिकाले पहिलो चरणको राहत वितरण गरिसकेसंगै छुट भएका विपन्न परिवारलाई बुधबार देखि राहत वितरण गर्ने तयारी गरेको छ ।

स्वास्थ्य कर्मीहरुले उक्त रकम गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल र प्रमुख प्रसाशकीय अधिकृत ईन्द्रप्रसाद चापागाईंलाई बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारी र शान्तिनगर स्वास्थ्य चौकी प्रमुख भरत खतिवडा लगायतले हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले स्थापना कोषमा थोरै भएपनि विपन्न वर्गलाई खाद्यान्न सहयोग मिलोस भन्दै रकम सहयोग गरिएको स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए । शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख भरत खतिवडाले स्वास्थ्यकर्मी भएको नाताले समेत राहत रकम कोषमा जम्मा गर्न पाएकोमा खुसी व्यक्त गरेका छने । उनले सम्भवत झापा जिल्लामै पहिलोपल्ट स्वास्थ्यकर्मीले उक्त राहत कोषमा सहयोग गरेको बताएका छन् ।

गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले स्वास्थ्यकर्मीले समेत स्थानीय सरकार बुद्धशान्ति गाउँपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोग रहेकोमा प्रशंसा गर्दै धन्यवाद दिएका थिए । गाउँपलिका उपाध्यक्ष मीरा भुर्तेलले समेत अहोरात्र खटिरहेका स्वास्थ्यर्मीले समेत राहत कोषमा स्थानीय सरकारलाई सहज होस् भनी रकम्नजम्मा गरेकोमा स्वास्थ्यकर्मी सवैलाई धन्यवाद दिएकी थिईन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु