पूँजीबादी राजनीति प्रणालीले देश चरम संकटमा फस्दै छ : केन्द्रिय सदस्य लामा

2024-02-07 मा प्रकाशित

मेचीनगर ।  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय पोलिट्ब्यूरो सदस्य माइला लामाले दलाल पूँजीबादी राजनीति प्रणाली, र दलाल पूँजीबादी स्वामित्व प्रणालीले देशलाई चरम संकटमा धकेलेको बताएका छन् ।
काँरभिट्टा स्थित खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया बोल्दै कार्यक्रमका प्रमुख अतिथि लामाले सो करा बताएका हुन् ।
आर्थिक, समाजिक राजनीतिक र सांंस्कृतिक संकट समाधानकोलागि ‘नेपाली विशेषताको समाजवाद’ आजको आवश्यक रहेको बताउँदै उनले पूँजीबाद दलाल प्रबृतिले देशलाई माथि उठनै नदिएको आरोप लगाए । ‘कम्यूनिष्टहरुबाट जनताले ठूलो आशा र भरोशा गरेका थिए ।,’ प्रमुख अतिथि लामाले भने,‘ अहिलेको संसदीय प्रणालीलाई दलाल पूँजीबादले जकडेको छ, कम्युनिष्टिहरुपनि टुक्रा टुक्रा भएर त्यही दलदलमा फसे, जनताको आशा र भरोशा टुट्यो ।’ उनले नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका सबै दलाल पार्टीको नेतृत्वलाई दलाल पूँजीवादीले पैतालामा थिचेर राखेको दावी गरे । देशमा प्रजातन्त्र र आमूल परिवर्तको लागि यस अघि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीले गरेको संघर्ष र बलिदानले रानीतिक परिवर्तन भएपनि जनताले जीनवमा परिवर्तनको अनुभूति गर्न नसकेको बताए । देश चरम आर्थिक संकटमा फसिसक्यो, बाह्यि हस्तक्षेप बढेको छ । एमसीसीको माध्यमबाट अमेरिका नेपालमा प्रवेश गर्याे, भारतले सीमाना समिच्दै छ । उनले भने ।
आयात मुखी अर्थतन्त्रको कारण देशले समृद्धि हासिल गर्न नसकेको बताएका प्रमुख अतिथि लामाले देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । दलाल पूँजीबाद भनेको प्रबृति हो, उनले भने,‘ निश्चित मुठ्रठीभर सिमित मान्ेछको झुण्डले देशको अर्थतन्त्र कब्जा गर्छ । नेतृत्वकर्ताहरु निरिह बन्छन् ।’ उनले पैसाको खोलोबगाएर चुनाव जित्ने र नेतृत्वमा जाने प्रबृति अन्त्य हुनुपर्ने बताए । उनले कुनै पाटीैलाई दोस दिने भन्दा सबैले मिलेर देशलाई निकास दिनु पर्ने समय आएको बताएका थिए ।
नेपाल कम्युनिष्टि पार्टीका पूर्वी झापा इञ्चार्ज प्रसान्त सी को सभापितत्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सल्लाकार समिति सदस्य होम सी, माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, प्राध्यापक शिरो सान्दाई, टिकाराम पौडेल, प्रेस क्लव मेचीनगर अध्यक्ष डम्बर बराल लगायतले बोलेका थिए ।
मेची ब्यूरो इन्चार्ज सुमन सिंह सीले तयार पारेको कार्यपत्र पश्चििम झापाका इन्चार्ज सञ्जय सीले प्रस्तुत गरेका थिए । भने कार्यक्रमको सञ्चालन समेत सञ्जय सीले गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका मजदुर नेता हरि निरौला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । उनले माओवादी केन्द्र संसदीय व्यवस्थामा डुवेको र माओवादी केन्द्रबाट देशले निकास नपाउने भएपछि पछि आफू विप्लव नेतृत्वको नेपाल कम्यूनिष्टि पार्टीमा प्रवेश गरेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु