मेची कृषक सहकारी संस्थाको सपथ ग्रहण कार्यक्रम सम्पन्न

2024-02-13 मा प्रकाशित

इटाभट्टा । मेची कृषक बहुमुख सहकारी संस्थाले सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । मेचीनगर –५  स्थित सामुदायिक पोष्ट हार्भेष्टको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन संयोजक धनराज भण्डारीले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका छन् ।


निर्वाचन समितिका संयोजक भण्डारीको सभापतित्व तथा सहकारी विज्ञ रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पौडेलले सञ्चालक समिति र कर्मचारीको सामान्य लापरवाहीका कारण देशमा नाम चलेका सहकारी बद्नाम बनिरहेको स्मरण गराउँदै नव निर्वाचित समितिलाई अझ जिम्मेवार भएर सहकारी तथा सदस्यको जीवन बदल्ने अभियानमा लाग्न सुझाव दिए । उनले सहकारीले बिउ बिजनको क्षेत्रमा पूर्व क्षेत्रमै पहिचान स्थापित गरिरहेको बताए । ‘मेची कृषकले नाम अनुसारको काम गरिरहेको छ,’ उनले भने, ‘सहकारी सदस्य केन्द्रित हुनु पर्छ, सहकारीले सदस्यको जीवनमा परिवर्तन ल्याउन सक्नु पर्छ ।’ सदस्यहरुको भावनालाई आत्मसाथ नगर्ने सहकारी अव नाम मात्रमा सिमित हुने उनको भनाइ थियो ।


कार्यक्रममा मेचीनगर – ५ का वडाध्यक्ष कनक बहादुर कार्कीले सहकारीका सिद्यान्त, मुल्य र मान्यता अनुसार सञ्चालन नभएका सहकारी ठूलो दुर्घटनामा पर्न थालेको बताए । उनले सहकारी सञ्चालक तथा कर्मचारीहरुले गरेको सामान्य गल्तिले छिन्भरमै सहकारी डुब्न सक्ने भएकाले सञ्चालन सँधै सजक हुनु पर्ने बताए ।
मेचीनगर – ८ का वडाध्यक्ष गिरीराज धमलाले कृषिको क्षेत्रमा मेची कृषकले छुट्टै पहिचान स्थापित गर्दै अघि बढेको बताए । उनले सहकारीलाई बलियो बनाउन सदस्यहरुबीच एकता आवश्यक रहेको समेत धारणा राखे ।


मेचीनगर – १५ का वडाध्यक्ष गुणराज भट्टराईले सरकारले दिन नसकेको सुविधा मेची कृषक सहकारीले प्रदान गरिरहेको भन्दै सहकारी सञ्चालको प्रशंसा गरे । बजारमा धानको मुल्य १६ सय हुँदा आफ्ना सदस्यलाई सहकारीले १८ सय सम्म दिएको छ । यो हाम्रा लागि खुशीको कुरा हो,’उनले भने ।
कार्यक्रममा मेचीनगर ८ का वडा सदस्य कुन्दन निरौला, सहकारी संस्थाका संस्थापक अध्यक्ष नारयण बहादुर बस्नेत, अध्यक्षका प्रत्यासी मनोज गौतम, निवर्तमान सदस्य सुनिता अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
निर्वाचन समितिका सदस्य नरेन्द्र कुमार पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।
सहकारी संस्थाको माघ २३ गते सम्पन्न निर्वाचनबाट पुनः हरिबहादुर बुढाथोकी अध्यक्षमा सर्वसम्मच चयन भएका थिए । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, सदस्यहरुमा सूर्य अधिकारी, साजना श्रेष्ठ, कमल थापा, माधव आचार्य, रुपसागर अधिकारी, श्यामलाल दाहाल, ऋषिप्रसाद निरौला, भवनाथ दाहाल, देवीबहादुर खड्का, नैनकला खत्री राउत र धर्मकला कोइराला सर्वसम्मत चयन भएको भएका थिए । त्यसैगरी लेखा सपुरीवेक्षण समितिको संयोजकमा कमलप्रसाद बाँस्तोला, सदस्यहरुमा शान्ति चौधरी र हेमप्रसाद कोइराला निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु