काँकरभिट्टामा श्रीमद् भागवत महापुराण सुरु

2024-02-19 मा प्रकाशित

मेचीनगर । शारीरिक रुपमा अपाङ्गता भएका व्याक्तिहरुलाई साहयक सामग्री बितरण गर्ने पवित्र उद्देश्यका साथ काँकरभिट्टामा आइतबारदेखि सात दिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ ।
सद्गुरु मानव सेवा फाउण्डेशनका मेचीनगर – ३ तथा मेचीनगर ६ स्थित शिव पातालगंगा मन्दिर समितिको संयुक्त आयोजनामा सुरु भएको धार्मिक अनुष्ठानमा भक्तजनहरुको उपस्थिति बढ्न थालेको छ । आइतबार शोभा कलश यात्रामा मेचीनगरका बिभिन्न ठाउँबाट भक्तजनहरु सहभागि बनेका थिए । पुराण स्थतबाट सुरु भएको शोभायात्रा काँकरभिट्टा बजार हुँदै मेचीनदी पुगेर कलशमा जलभरी पुनः पुरण स्थलमा सहभागि बनेको थियो । शोभा यात्रामा बिभिन्न जातजातिको जातीय झाँकी समेत निकालिएको थियो ।
आयोपक समितिका अध्यक्ष आचार्य पण्डित मुकुन्द नेपालले मन्दिरको व्यवस्थापन तथा हात–खुट्टा, श्रवण शक्ति नभएका असक्त–अपाङगहरुलाई कृतिम हात–खुट्टा र ह्युल चियर सहयोगका लागि अक्षयकोष स्थापना गर्ने उदेश्यले पुराण सुरु गरिएको बताए ।
पुराण सफल पार्न आयोजकले बिभिन्न उपसमिति समेत गठन गरेर प्रचार प्रशारलाई तीब्रता दिएको छ । धार्मिक अनुष्ठानमा मुख्य वाचको भूमिकामा पण्डित मुकुन्द नेपाल छन् भने उपवाचक पण्डित लक्ष्मी नारायण खतिवडा छन् । पुराण फागुन १२ गते पूर्णाहुती हुने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु