राष्ट्रिय युवा संघ मेचीनगरको सपथ ग्रहण सम्पन्न

2024-02-19 मा प्रकाशित

मेचीनगर। राष्ट्रिय युवा संघ मेचिनगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार मेचीनगर १० स्थित पासाङ्ग लाह्मु सभाहलमा सम्पन्न कार्यक्रममा मेचीनगर कमिटीसंगै नगरका पन्द्रवटै वडाका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको हो।


वर्तमान युवा संघ मेचीनगर कमिटी शुनिल राजवंशीको नेतृत्व रहेको छ । केही समय अघि मेचीनगरको पन्दैवटै वडा कमिटीसंगै राष्ट्रिय युवा संघ मेचीनगर कमिटी गठन भएको थियो । उनीहरुलाई आज नेकपा एमाले केन्द्रिय सल्लाहकार परिसद सदस्य तथा पूर्व बागमती प्रदेश प्रमुख विष्णु प्रसाइको प्रमुख आतिथ्यतामा आयोजित भव्य कार्यक्रमका बिच सपथ ग्रहण गराइएको थियो ।

नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउन प्रमुख अतिथि प्रसाईसंगै केन्द्रिय सल्लाहकार परिसद सदस्य भिम खवास, एमाले नेता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, केन्द्रिय सदस्य तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, जिल्ला कमिटी सचिव शिव ढुङ्गेल, मेचीनगर अध्यक्ष राजु पोख्रेल, राष्ट्रिय युवा संघ केन्द्रिय सचिव पर्वत भण्डारी, पूर्व सचिव राजु कार्कीलगायताका नेतृत्वको सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटीको आयोजनामा आयोजित सफत ग्रहण तथा प्रशिक्षण कार्यक्रममा केन्द्रिय, प्रदेश तथा जिल्लातह हुँदै स्थानीयस्तरका नेतृत्वको आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगरका पन्द्रवटै वडाबाट उल्लेख्य युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु