मेचीनगरले तोक्यो १५ वटै वडामा फोकल पर्सन

2020-04-21 मा प्रकाशित

मेचीनगर,९ वैशाख ÷झापाकोे मेचीनगर नगरपालिकाले आपतकालिनरुपमा राहत तथा अत्यावश्यक औषधिको व्यवस्थाापनका लागि प्रत्येक वडामा वडागतरुपममा विभिन्न प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको छ ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण खाद्यन्न तथा औषधि सेववन गरिरहेकाहरुले समस्या झेल्नु नपरोस पनेर समन्यकारी भूमिकाका लागि फोकल पर्सन तोकेको हो ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण खाद्यन्न अभाव भएका परिवारकालागि राहत वितरणको व्यवसथापन सम्बन्धित वडा कार्यालयहरुबाट भएरहेको छ ।

यस्तो अवस्थामा अति विपन्न परीवारमा कहि कतै राहत पुग्न नसकी खाद्यन्न अभावका कारण खान नपाई रहेको अवस्था भए आपतकालिन राहत उपलब्ध गराउन र औषधि सेवन गरिरहेका विरामीहरुको अत्यावश्यक औषधि अभाव भएमा औैषधिको व्यवस्थापनका लागि नगरपालिकाले आफ्ना १५ वटै वडामा प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक विकास शाखा प्रमुख अनन्तप्रकाश वस्ती र आर्थिक विकाश शाखा प्रमुख दीपेन्द्र कार्कीलाई नगरपालिकाकातर्फबाट औषधि तथा खाद्यन्नका बारेमा सहजीकरण गर्ने गरी नगरपालिकाले फोकल पर्सनकोे जिम्मेवारी प्रदान गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो । वडागतरुपमा फोक पर्सनको जिम्मेवारी प्राप्त गरेका प्रतिनिधिहरुहरुले समेतत खाद्यन्न तथा औषधिका विषयमा सहजीकरण गर्ने छन् ।

उपप्रमुख उप्रेतीका अनुसार नगरपालिकाले वडानम्बर १ मा रामकुमारर राईलाई खाद्यन्न तथा डिकेन्द्र थापालाई औषधिको व्यवस्थापनका लागि फोकल पर्सनको जिम्मेवारी प्रदान गरेको छ । यसैगरी गरी वडा नम्बर २ मा वेनुपकुमार राई र सविना घिमिरेले फोकल पर्सनको जिम्मेवारी पाएका छन् । राईले खाद्यन्न तथा घिमिरेले औषधिको व्यवस्थापन गर्ने छन् ।

वडानम्बर ३ मा औषधितर्फ छोटबहादुर राई र खाद्यन्नतर्फ रीता थापा, वडानम्बर ४ मा प्रल्हाद दाहाल खाद्यन्न, विनोद रंजितकार औषधि, ५ मा नारायण खड्का खाद्यन्न दुुर्गा देवकोटा औषधि, ६ मा राजकुमार श्रेष्ठ खाद्यन्न साविधा ल्वागुन औषधि, ७ मा नेत्र दाहाल खाद्यन्न र धनकुमारी न्यौपाने औषधिको व्यवस्थापन गर्ने नगरपालिकाले फोकल पर्सनको जिम्मेवारी प्रदान गरेको छ ।

वडानम्बर ८ मा सन्तोष भेचे खाद्यन्न, चन्द्रा अधिकारी औेषधि, ९ मा इन्द्र प्रधान औषधि मिना परियार खाद्यन्न, १० मा इन्द्र आङदेम्बे औेषधि यज्ञनिधि न्यौपानेलार्ई खाद्यन्नको लागि फोकल पर्सन तोकिएकोे छ ।

वडानम्बर ११ मा सुनिल राजबंशी औषधि शरदविक्रम खरेल खाद्यन्न, १२ मा लीला सुब्बा औषधि कृष्णमाया वराइली खाद्यन्न, १३ मा ऋषि राजवंशी खाद्यन्न यमकान्त प्याकुरेल औषधि, १४ मा खाद्यन्नतर्फ सुरेश बुडाथोेकी र औषधितर्फ अमृत कार्की तथा वडानम्बर १५ मा विखलाल राजवंशी खाद्यन्न र कुसुम चौधरीलाई औषधितर्फकोे व्यवस्थापनका लागि वडागतरुपमा फोकल पर्सन तोकिएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु