काँकरभिट्टा, २३ फागुन । मेची मासु उत्पादक सहकारी संस्था लि. काँकरभिट्टाले आफ्नो तेस्रो अत्याधुनिक मिट मार्ट (मासु पसल) काँकरभिट्टा स्थित सुन्दर टोलको सब्जी बजारमा सञ्चालनमा ल्याएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्गले आज एक कार्यक्रमका बीच रिबन काटेर मेची मिट मार्टको तेस्रो आउटलेटको औपाचारिक शुभराम्भ गरेका छन्।
सहकारीले यस अघि काँकरभिट्टा महेन्द्रराजमार्ग दक्षिण तर्फ र काँकरभिट्टा क्याम्पसरोडमा खानेपानी अगाडि रेहेको आफ्नै भवनमा एक एक वटा मार्ट सञ्चालनमा ल्याइसकेको छ ।
मेची मासु सहकारीले उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउनु पहिलो लक्ष्य लिएकोले यसै आर्थिक वर्ष भित्र मार्टको पसल संख्या ५ पु¥याउने लक्ष्य लिएको संस्थाका अध्यक्ष भगिरथ राईले बताए ।
सहकारीले आफ्नै फार्ममा उत्पादन भएका खसी, कुखुरा, माछा बिक्री गर्नुका साथै अन्य सदस्य एवम् सहकारीबाट उत्पादन भएका मासुजन्य उत्पादन समेत बिक्री गरिरहेको छ ।
2024-03-06 मा प्रकाशित
प्रतिकृया दिनुहोस्