मेचीनगरमा फागुन २९ गतेदेखि खेलकुद उत्सव हुँदै

2024-03-08 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा पहिलोपटक वृहत खेलकुद महोत्सव हुने भएको छ ।

मेचीनगार खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि हुने उक्त खेलकुदलाई ुमेचीनगर स्पोर्टस मेनिया २०८०ु नाम दिइएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको औपचारिक जानकारी दिएको छ।

कार्यक्रम सम्पन्न गर्न रु। ५३ लाख ७७ हजार बजेट खर्च हुने अनुमान गरिएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो ।नगरप्रमुख गोपाल बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले प्रतियोगिताको मस्कट सार्वजनिक गर्नुभएको थियो।

उक्त खेलकुद खुला प्रतियोगितात्मक हुने र ५००० खेलाडी सहभागी हुने बताइएको छ ।नगर खेलकुद विकास समितिको संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीयअधिकृत अग्नी अधिकारी, शिक्षा अधिकारी होम प्रसाद भण्डारी, समितिका उपाध्यक्ष रबिन ओझा लगायतको उपस्थिति रहेको थियो

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु