बाहुनडाँगीमा कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा नकआउट फूटवल प्रतियोगिता आयोजना हुँदै

2024-03-16 मा प्रकाशित

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा दोस्रो जेसीज नकआउट फूटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जेसीजले शनिवार प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमका बारेमा जानकारी दिएको हो । जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जेसीजले आगामी चैत्र १५ गतेदेखि २२ गते सम्म कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकाउट फुटवल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । प्रतियोगितामा बाहुनडाँगी यूवा क्लव, काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर रालिङ फुटवल क्लव धुलाबारी, शनिश्चरे फुटवल क्लव कचनकलव फुटवल क्लव बनियानी, बर्दस युनाइटेट क्लव चन्द्रगढी, सनसिटि एफसी इलाम, र भारतको किलाराम जोत एकलब्य युवा क्लव गरी आठवटा टिमले भागलिने अध्यक्ष बानियाँले जानकारी दिए ।


खेलमा बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र पाउने भएको छ । त्यसैगरी उत्कृष्ट गोल रक्षक लाई नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र तथा उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी र मेडल र प्रमाणपत्र प्रदानगर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि भारतको ताराबारी निवासी नेत्रराज थापा क्षेत्रीले आर्थिक सहयोग गर्ने भएका छन् भने झापा गोल्डकपबाट समेत सहयोग प्राप्त हुने आयोजकले जनाएको छ । जेसीजले जेसीज सचिवालय निर्माण गर्ने हेतु आयोजित फूटवल प्रतियोगितामा रु ५ लाख खर्च अनुमान गरेको छ । जेसीज भवन निर्माणको लागि सन २०११ मा स्थानीय समाजसेवी हेमलाल भारतीले १० धुर जमिन निःशुल्क उपलब्ध गराएको र सोही जमिनमा भवन निर्माणको काम सुरु गर्ने अध्यक्ष बानियाँले जानकारी दिए । जेसीजले यस अघि सन २०११ मा जेसीप कप आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन महासचिव नित्यानन्द चम्लागाँईँले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु