मेची उद्योग बाणिज्य संघद्वारा नमूना सहकारी खेतीको अवलोकन

2024-03-24 मा प्रकाशित

मेचीनगर । मेची उद्योग बाणिज्य संघको टोलीले गौरादह नगरपालिका–५ स्थित महारानी झोडाको नमूना एकीकृत सहकारी खेतीको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ ।

शनिबार विहान बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समितिको नेतृत्वमा मेचीनगरका महिला उद्यमीहरुको एक गाडी टोलीले नमूना एकीकृत सहकारी खेतीको अध्ययन तथा अवलोकन गरेको हो ।

टोलीले महारानी झोडामा नमुना खेती, नमुना अचार, आलु चिप्स, पोष्टकारी, नमुना खेतीमा धान, मकै, सिजनल तरकारी, माछा पालन, बीउँ विजन, विभिन्न ब्रान्डका चामल लगायत उत्पादन गरिएका वस्तुहरुका बारेमा जानकारी लिएको थियो ।

नमुना कृषि सहकारीमा कृषि पर्यटन प्रवद्र्धनका लागि प्रदेश कै पहिलो ‘कृषि होमस्टे’ सञ्चालनमा रहेको छ । पूर्व पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिव ३० किलोमिटर दक्षिणमा रहेको यो होमस्टेमा देशका विभिन्न सहकारीबाट नमूना खेती अवलोकन भम्रणमा दैनिक पाहुनाहरु आउने गरेका छन् ।

टोलीमा महिला उद्यमीहरु चन्द्रकला रिजाल, लक्ष्मी धिमाल, प्रमिला थेवे, हिमा कट्टेल, मीरा पोखरेल काफ्ले, निलु राई, दुर्गा पराजुली, जानुका ओली, लक्ष्मी श्रेष्ठ, ज्योती दाहाल, भिमकला दाहाल, रेणुका डाँगी, सविना कटुवाल, मीना लुईटेल, निर्मला सुवेदी, कमला मिश्र, निता अधिकारी, निर्मला गुरागाईको सहभागिता रहेको थियो ।

त्यस्तै मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी, महासचिव दिनेश शाक्य, सदस्यहरु कमल पराजुली, श्यामप्रसाद न्यौपाने, सुन्दरी श्रेष्ठ, कमल पराजुली, देवीमाया तामाङ, कार्यकारी निर्देशक गोपाल वस्नेत लगायतको उपस्थिति थियो ।

अन्तरक्रिया कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, उपाध्यक्ष निर्मला चौहान भण्डारी, नमुना अचारका अध्यक्ष सकुन्तला प्याकुरेल घिमिरे लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

नमूना सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाईंको अध्यक्षता र कार्यक्रमको सहजिकरण बाणिज्य संघका महासचिव दिनेश शाक्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु