धुलाबारीमा झापा केनल क्लब एण्ड पेट क्लिनीक सुरु

2024-04-17 मा प्रकाशित

मेचीनगर । कृषकहरुलाई सर्वसुलभ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले मेचीनगर १० स्थित धुलावारीमा झापा केनल एण्ड पेट क्लिनीक सञ्चालनमा आएको छ ।

मंगलबारबाट विधिवत रुपमा सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । नुभवी पशु प्राविधिकद्वारा धुलाबारी क्याम्पस रोडमा सञ्चालित एग्रोभेट सेवासहितको झापा केनल क्लब एण्ड पेट क्लिनीकको उद्घाटनको अवसरमा जनप्रतिनिधिदेखि सामाजिक, राजनितीक तथा संघ संस्थाका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

मेचीनगर वडा नं ८ प्रतिभा (पुण्यं) चोकमा पाउ पाथीभरा भेटेरेनरी औषधि पसल र आर.के.एग्रो एण्ड एनोमल फिड सेन्टरको सफलता पछि धुलावारी क्षेत्रका किसानहरुको मागलाई ध्यानमा राखी सो पसल सञ्चालनमा ल्याइएको झापा केनल एण्ड पेट क्लिनिकका सञ्चालक रामकुमार गिरी बताउँछन् । उनले अब अझ प्रभावकारी सेवा प्रदान गर्न दुई स्थानमा सेवा सुचारु गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु