मेचीनगर ५ – मा बढ्यो सामुदायिक कुकुरको विगबिगी

2024-04-22 मा प्रकाशित

मेचीनगर । मेचीनगर – ५ मा सामुदायिक कुकुरको बिगबिगी बढेको छ । सामुदायिक कुकुरले हरेक दिन चरनमा बाँधेका बाख्रा तथा साना बाछा बाछीलाई आक्रमण गर्न थालेपछि स्थानीयहरुलाई कसरी पशु चौपाय जोगाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
सोमबार बिहान करिव ११ बजे मेचीनगर ५ राममन्दिर टोल निवासी नर्वदा बरालको माउ बाख्रो सामुदायिक कुकुरको शिकार बन्यो । बिहान १० बजे चरनकोलागि खेतमा निकालेको बाख्रालाई एक घण्टा नवित्दै दुईबटा सामुदायिक कुकुले ज्यान लिए । ‘हाम्रो ठाउँमा सामुदायिक कुकुरको बिगबिगी बढ्यो, अब कसरी बाख्रा पाठा जोगाउने ।,’ नर्वदाले भनिन् बिहान १० बजे खाना खाएर बाख्रा चरनकोलागि खेतमा निकालेको थिएँ, एक घण्टापछि खेतमा जाँदा एउटा मात्र बाख्रो कराइरहेको थियो । एउटा चाहि कुकुरले मारेर आन्दो खाँदै रहेछ । कुकुर कसको रहेछ भनेर केही समय खेदाएर पत्ता लगाउने प्रयास गरिउँ, बाख्रा मरेको सुनेपछि कसैले हाम्रो भन्दैन ।’
यस अघि सोही वडाका खगेन्द्र रिजालको समेत बाख्रा कुकुरले आक्रमण गरेको थियो । स्थानीयले सामुदायिक कुकुर नियन्त्रण गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु