दोषीलाई कार्वाही नगरे संघर्षका कार्यक्रम थाल्छौं : अध्यक्ष खरेल

2024-04-25 मा प्रकाशित

मेचीनगर । केही दिन अघि मेचीनगर– ११ – १२ स्थित कालिका सामुदायिक वनमा दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली प्रहारगरी मारिएको पुष्टि भएपनि सम्बन्धित निकायले हालसम्म दोषीलाई नियन्त्रण लिन नसकेको भन्दै मेची चरा तथा बन्जन्तु संरक्षण समाजले हात्तीमार्ने ब्यक्तिको पहिचानगरी कार्वाही गर्न माग गरेको छ ।
बुधबार प्रेस क्लव मेचीनगरको कार्यालयमा समाजले सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रम आयोजना गरेरर दोषीलाई कार्वाहीको माग गरेको हो । ‘आफ्नो संरक्षित क्षेत्रमा भएको हात्तीलाई वनमा प्रवेश गरेर मार्ने काम निन्दनीय र भर्सना योग्य छ ।,’ समतिका अध्यक्ष देवेन्द्र खरेलले भने, ‘सामुदायिक वन भित्र हात्ती मारिएकोले सामुदायिक वन र जिल्ला वन कार्यलय दुबै जवाफदेही हुनु पर्छ । शिकारी योजनावद्ध रुपमा आएका छन् हात्ती मार्नु चान्चुने कुरा होइन, तेत्रो हात्ती मार्दा कसैलाई थाहा नहुनु रहस्यमय छ ।’ हात्तीको दाह्रा काटेर लाँदा गोजीमा हालेर लाने कुरा होइन उनले भने, ‘हतियारधारी गाडीमै आएको हुनु पर्छ । तर अहिले सम्म सबै कुरा गुपचुप राखिएको छ ।’ उनले यस विषयमा गम्भीर अनुसन्धान गरी दोषीलाई कानुनी कारवाही गर्नु पर्ने बताए ।


जिल्ला वन कार्यालयले समेत शरीरबाट गोली ननिकाली हात्ती पुरेपछि कस्तो हतियार प्रयोग भएको थियो भन्ने कुरा बाहिर आउन नसककेको भन्दै हात्ती अभियान्ता शंकर लुइटेलले बन कार्यालयको काम प्रति रोष प्रकट गरे । शरीरबाट गोली ननिकाली पुरेको कारण अनुसन्धान प्रभावित पार्ने काम भएको उनको भनाइ थियो । उनीहरुले तत्काल अनुसन्धान गरी दोसीलाई कार्वाहीको माग समेत गरेका छन् । तत्काल अनुसन्धान प्रक्रिया अघि नवढाए गाउँ गाउँमा संघर्षका अभियान थाल्ने तथा जिल्ला वन र जिल्ला प्रशासन कार्यालयमा ज्ञापान पत्र बुझाउने तयारी गरेको समितिले जनाएको छ ।
सो अवसरमा धार्मिक ब्यक्ति देवेन्द्र खरेलले हात्तीको सांकृतिक तथा धार्मिक महत्व समेत रहेकाले मार्नु ठूलो अपराधिक काम भएको भन्दै दोसीलाई तत्काल कार्वाही गर्न माग गरे ।
सो अवसरमा हात्ती अभियान्ता लुइटेलले प्रेस क्लव मेची नगरका अध्यक्ष डम्बर बराललाई खुल्ला पत्र हस्तान्तरण गरेका थिए । हात्ती मारिएको विषयमा कालिका सामुदायिक वनका अध्यक्षसंग कुराकानी गर्दा वनका अध्यक्ष योगेश भट्टराईले आफ्नो वनमा हात्ती मारिँदा उपभोक्तालाई समेत त्रास श्रृजना भएको बताए । यस किसिमको घटना झापामा पहिलो पटक भयो, घटना पछि प्रहरी प्रशासन र जिल्ला वन कार्यलयमा समन्वय गरी रहेको उनले बताए । सो घटना पछि सामुदायिक वनले शिकारीहरुको समेत निगरानी बढाएको जनाएको छ । उता वन कार्यालयले भने हात्तीलाई शिकारीले तीन राउण्ड गोली हानेर मारेको र गोली हड्डीभित्र छिरेकाले निकाल्न नसकिँएको जनाउँदै आएको छ । वनले अनुसन्धान तीब्र पारेको समेत जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु