प्रेस क्लव मेचीनगरको आयोजनामा सञ्चार विषयक अन्तरक्रिया

2024-04-27 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले मेचीनगरबाट असफल भएर जाने छुट आफूलाई नभएको बताएका छन् । मेचीनगरमा छोटो छोटो समयमा नै प्रमुख प्रशासकीय अधिकृत आउने जाने भइरहेको इतिहास रहेकाले पनि नगरलाई हेर्ने दृष्टिकोणमा समेत फरक परेकाले त्यसलाई बदलेर नगरलाई सफल बनाउनु पर्ने आफ्नो दायित्व रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

प्रेस क्लव मेचीनगरको आयोजनामा शुक्रबार सम्पन्न पत्रकारहरुसंगको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले विकासको महत्वपूर्ण साझेदार मिडिया पनि भएको बताए। ‘विकासका लागि मिडिया पनि मुख्य साझेदार हो,’ उनले भने , ‘मेचीनगरको शाख उकास्न मिडियाको सन्देश पनि प्रभावकारी हुनु पर्छ ।’

वहाँले सञ्चार प्रतिष्ठानको कार्यविधि मात्रै रहेको र त्यसको ऐन बनाउनका लागि पत्रकारहरुसंगै छलफल गर्ने बताए । ‘विभिन्न किसिमका अनुसन्धानका लागि पनि मिडियालाई नगरपालिकाले सहयोग गर्नु पर्छ,’ अधिकारीले भने , ‘नगरको विकासका लागि स्थानीय मिडियाले खबरदारीसंगै सकारात्मक सन्देश पनि प्रवाह गर्नु पर्छ ।’

प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा पत्रकारहरु मोहन काजी, ज्ञानेन्द्र निरौला, तारामणी सापकोटा, शिशिर चम्लागाई, खगेन्द्र घिमिरे, अम्बिका भण्डारी, झुलन रेग्मी, अर्जुन कार्की, दिलिप थापा, प्रकाश उप्रेती लगायतले मेचीनगर नगरपालिका र स्थानीय समुदाय, मिडिया लगायतका बिषयमा जानकारी गराएका थिए भने नगरपालिकामा आम नागरिकले भुक्तानीको बिषयमा भोग्नु परेको समस्याका बारेमा समेत प्रमुख प्रशासकीय अधिकृतसंग जिज्ञासा राखेका थिए । प्रेस क्वलका उपाध्यक्ष जि आर धितालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु