जेष्ठ नागरिक मेचीनगर ७ ले गर्याे, वडाका सय बढी ज्येष्ठ नागरिक र जनप्रतिनिधिलाई सम्मान

2024-05-05 मा प्रकाशित

इटाभट्टा । ज्येष्ठ नागरिक मेचीनगर ७ ले शनिवार एक कार्यक्रमको आयोजना गरी वडाका सय वढी ज्येष्ठ नागरिक र जनप्रतिनिधिलाई सम्मान गरेको छ । समितिले पचासी बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

सरस्वती प्राध्यमकि विद्यालयमा जेष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान भन्ने नाराका साथ ज्येष्ठ नागरिक समितिलले सहभागि ज्येष्ठ नागरिकहरुलाई खादा र टिका लगाए र सम्मान पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा मेचीनगर–७ का दुई जना वडासदस्यहरुलाई उत्कृष्ट जनप्रतिनिधिको रुपमा सम्मान समेत गरिएको थियो । समितिले वडासदस्य पुनलाल राजवंशी र मीनमाया लिम्वुलाई सम्मान गरेको हो ।

कार्यक्रमा प्रमुख अतिथि मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीले जेष्ठ नागरिकलाई खादा लगाएर सम्मान गरेका थिए । समितिको आजिवन सदस्य लिने जेष्ठ नागरिकलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

जेष्ठ नागरिक समिति मेचीनगर–७ का सचिव अमर परियारले सञ्चालन गरेको कार्यक्रममा स्वागत राम प्रसाद दुंगेलले गरेका थिए । समितिका अध्यक्ष पिताम्वर शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु