एमाले मेचीनगर उपाध्यक्षमा कञ्चन, सचिवमा सागर र उपसचिवमा राजु विजयी

2024-05-24 मा प्रकाशित

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको उपाध्यक्षमा कञ्चनकुमार तामाङ, सचिवमा शेखर ओली (सागर) र पुरुष उपसचिव पदमा राजु धिमाल निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा कञ्चनकुमार तामाङ २४७ मत, सचिवमा शेखर ओली (सागर) ले २७७ मत र उपसचिव पदमा राजु धिमालले २३१ मत ल्याएर विजयी भएको जानकारी दिए ।

उपाध्यक्षका उम्मेदवार डेनु मगरले १६८, सचिवका उम्मेदवार सरोज मेहराले १४१ तथा उपसचिवका उम्मेदवारहरु केदारबहादुर गिरीले ३०, मानबहादुर तामाङले ७७ र रेवत दाहालले ७२ मत मात्र प्राप्त गरे । ४८१ जना मतदाता मध्ये ४२३ जनाले मतदान गरेका थिए ।

यसअघि एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनले राजु कार्कीलाई अध्यक्षमा, महिला उपसचिवमा जानुका ओली र सदस्यहरु सर्वसम्मत चयन गरेको थियो ।

यही जेठ ५ गतेदेखि सुरु एमाले मेचीनगर कमिटीका दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ७५ जनाको निर्वाचित नगर कमिटीको घोषणा शुक्रवार हुने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु