मेचीनगर क्षेत्रका सबै विद्यालयको पठन पाठन सूचारु हुने

2024-05-27 मा प्रकाशित

इटाभट्टा । मौसममा सुधार आएपछि मेचीनगर नगरपालिकाले विद्यालयको पठन पाठनलाई सूचारु राख्न अर्को सूचना जारी गरेको छ । नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले राति पानी परेको र मौसममा सुधार आएकाले हिजो जारी गरिएको सूचनालाई फिर्ता लिई विद्यालय सूचारु गर्न अर्को सूचना जारी गरिएको बताए । ‘केही दिनदेखि अत्यधिक गर्मी बढन थालेपछि बालबालिकको स्वास्थ्यलाई ख्याल गर्दै आज नगर क्षेत्रका विद्यालय बन्द गर्न भनेका थियौं तर मौसममा सुधार भयो’, उनले भने,‘ पानी परेर मौसममा सुधार आएकोले नगर क्षेत्रका सबै सामुदायिक र निजी विद्यालयको पठन पाठन सूचारु हुन्छ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु