मेचीनगर ८ मा क्षमता विकास सम्बन्धी सातदिने तालिम सुरु

2024-05-28 मा प्रकाशित

इटाभट्टा, १५ जेठ । मेचीनगर नगरपालिका वडा नं ८ को आयोजनामा महिलाहरुको क्षमता विकास सम्बन्धी सात दिने तालिम सोमवारदेखि सुरु भएको छ । मेचीनगर ८ वडा अध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न उदघाट्न कार्यक्रममा कार्यपालिका सदस्य कविता मिजारले महिलाहरुको लेखन र प्रस्तुतीकरणको क्षमता विकास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन ।

तालिम उदघाटन समारोहमा वडा सदस्य बिष्णु भट्टराई र वडा सचिव पवित्रा सुब्बाले वडाका महिलाहरुलाई प्रस्ताव लेख्न, बोल्ने बानीको विकास गराउन तालिम फलदायी हुने विश्वास लिएको बताए । आदर्श माविको सभाहलमा जेठ २० गतेसम्म सञ्चालन हुने तालिममा सोमराज ढकाल, ज्ञानेन्द्र निरौला र सम्झना पोखरेलले सहजिकरण गर्ने बताइएको छ । तालिममा ५० जना स्थानीय महिलाहरुको सहभागिता रहेको छ ।
वडा सदस्य मनकुमारी गिरीले स्वागत गरेको कार्यक्रममो सञ्चालन वडा सदस्य कुन्दन निरौलाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु