प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु मतदाताको घर दैलोमा

2024-05-31 मा प्रकाशित

मेचीनगर, १८ जेठ । काँकरभिट्टा खानेपानीका प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरू मतदाताका समस्या सुन्न घरदैलोमा पुगिरहेका छन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि शुभकामना दिँदै मतादाताहरुले आफ्नो मत दिएर बिजयी गराउने जनाइरहेका छन् ।

विहीबार मेचीनगर– ७ स्थित प्यारीभिट्टा बसपार्क क्षेत्रमा घरदैलोमा पुगेका अध्यक्ष पदका उम्मेदवार सन्तोष आचार्य, उपाध्यक्ष गोविन्द्र गिरी, सचिव दिलीपजंग सुब्बा, कोषाध्यक्ष बिमला तामाङ, सदस्यहरु मीरा कार्की, इन्दिरा बुढाथोकी अधिकारी, तिर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले, लेखा समितिका संयोजक सोमराज ढकाल, सदस्यमा जस्ना राजबंशी र बालकुमार भुजेलसहित समाजवादी प्यानलका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।

अध्यक्षका पदका उम्मेदवार आचार्य सामाजिक क्षेत्रमा निकै सकृिय रहेका छन् । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका उनीसँग विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरेको अनुभव छ । नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, नाइट चेस क्लबका पूर्व महासचिव, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्षको कुशलतापूर्वक जिम्मेवारी उनले पूरा गरिसकेका छन् । उनीसँग काँकरभिट्टा खानेपानी कर्मचारी भएर लामो समयसम्म काम गरेको अनुभव रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु