काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरुले घर दैलो अभियानलाई तीब्रता दिएका छन् । उनीहरु उपभोक्ताका गुनासा सुन्दै आफू निर्वाचित भए खानेपानी क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्ने बचन दिँदै उपभोक्ताका घरदैलोमा पुगिररहेका छन् ।
शनिवार लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरुले मेचीनगर ५ को जागरण टोल, रामन्दिर टोल, पाथीभरा टोलका उपभोक्ताहरुलाई भेटर मत मागेका छन् । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर हुँदै अघिबढेको टोलीले बिभिन्न टोलमा पुगेका थियो । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई उपभोक्ताले समेत भोट दिएर विजयी गराउने विश्वास दिलाएका छन् । घरदैलोमा पुगेका अध्यक्ष पदका उम्मेदवार रोहित बुढाथोकी, उपाध्यक्ष पदका उम्मेदवार राजु दाहाल, सचिव पदका उम्मेदवार विशाल तामाङ, कोषाध्यक्ष पदका उम्मेदवार बिमला देवकोटा, लेखा समिति संयोजक पदका उम्मेदवार किशोर भण्डारीसहित साझा प्यानलका उम्मेदवारहरुलाई सो क्षेत्रका मतदाताले भोट दिने वाचा गरेका हुन ।
अध्यक्षका पदका उम्मेदवार बुढाथोकी सामाजिक क्षेत्रमा निकै सकृिय रहेका छन् । उनी रोटरी क्लब अफ काँकरभिट्टाका पूर्व अध्यक्ष, काँकरभिट्टा खानेपानी संस्थाका सदस्य, मेची अञ्चल ट्रक व्यवसायी संघमा २ कार्यकाल सचिव र अध्यक्ष भएका छन् । अहिले पनि लोकतान्त्रिक यातायात व्यवसायी महासंघ केन्द्रीय सदस्य पदमा रहेर उनले जिम्मेवारी निभाइरहेका छन् । २०५० सालदेखि नेपाली कांग्रेस पार्टीमा आबद्ध उनी पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका छन् ।
घरदैलो अभियानमा खानेपानी उपभोक्ताका अध्यक्षका उम्मेदवार बुढाथोकीले भने हरेक उपभोक्ताहरुका घरघरमा सहज र स्वच्छ खानेपानी वितरण गर्ने मेरो लक्ष्य रहेको बताउँदै सम्पुर्ण उपभोक्ताहरुलाई एक चोटि लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारलाई जिताउन आग्रह गरे ।
घरदैलो कार्यक्रममा लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु उत्साहजनक सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस्