मतदाताको घर– घरमा खानेपानीको स्वतन्त्र टिम

2024-06-01 मा प्रकाशित

काँकरभिट्टा । आसन्न खानेपानीको निर्वाचनमा होमिएको स्वतन्त्र खानेपानीको प्यानल यतिखेर मतदाताको मनोभावनालाई बुझ्दै घर दैलो अभियानमा सक्रिय हुँदै गएका छन् ।
केही दिनदेखि घरदैलो अभियानलाई तीब्र पारेको स्वतन्त्र प्यानलले शनिबार मेचीनगर ८ का बिभिन्न टोलमा पुगेर मतदातासँग भोट मागेका छन् । स्वतन्त्र खानेपानी उपभोक्ता समूहका अध्यक्ष सुदर्शन खड्का, उपाध्यक्ष कृष्ण सुवेदी (किरण) सचिव नरेन्द्र सिवाकोटी, कोषाध्यक्ष सुधादेवी खड्का आफ्नो सिंगो टिमलाई लिएर मैदानमा होमिएका छन् । अध्यक्ष पदका उम्मेदवार खड्का निर्वाचनमा अफ्नो जीत सुनिश्चिित हुँने दावी गर्दै आएका छन् । अभियानका क्रममा अध्यक्ष पदका उम्मेदवार खड्काले आफ्नो सिंगो टिमलाई मत दिएर जिताउन आग्रह गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु