पशुपति स्कूलमा २३ गतेदेखि ‘समर क्याम्प’

2024-06-03 मा प्रकाशित

मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आगामी २३ गते देखि तीन दिन सम्म ‘समर क्याम्प’ आयोजना गर्ने भएको छ ।


अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले आगामी बुधबारदेखि शुक्रबारसम्म तीन दिन ‘समर क्याम्प’ आयोजना गर्न लागेको विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिइन् । ‘समर क्याम्पले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने छ,’ उनले भनिन्,‘हामी विद्यार्थीहरुलाई विभिन्न विद्यामा प्रोत्साहित गरिरहेका छौं । पढाइ लेखाइ सँगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी अब्बल छन् । हरेक प्रतिभाहरुमा विद्यार्थी अब्बल सावित भएका छन् । विद्यालयले विद्यार्थीका साथै अभिभावको विश्वास जितेको छ । विद्यालयले यस अघि दुई पटक समर क्याम्प आयोजना गरिसकेको उनको भनाइ छ ।
समर क्याम्पमा कप टावर, स्लो साइकल रेश, हडल रेश, गायन नृत्य, हाइजिङ्क, , स्वीमिङ, लगायत बिभिन्न प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका शिक्षक याम निरौलाले बताए । मेचीनगरमा यस विद्यालयले विगत तीन  वर्षदेखि फरक शैलीमा समर क्याम्प गर्दै आएको उनको भनाइ छ ।  ‘समर क्याम्प’ नजिकिएसँगै यतिखेर विद्यालयले आन्तरिक तयारीलाई तीब्र पारको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु