समाजसेवामा निरन्तर रोहित

2024-06-07 मा प्रकाशित

मेचीनगर, । ‘मिनी चुनाव’को रुपमा हेरिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन यतिबेला गाउँ गाउँमा चुनावी सरगमी बढिरहेको छ । उमेद्वारहरु मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन् भने आम उपभोक्तामा पनि यतिबेला नेतृत्वमा कसलाई चुन्ने भन्ने विषयमा छलफल भइरहेको पाइन्छ । मेचीनगरका राजनीतिक दलहरुको प्रतिष्ठासँग जोडिएकाले संस्थाको नेतृत्व सम्हाल्न उमेद्वारहरुले ठुलै कसरत गर्नुपर्ने हुन्छ । जुन कसरत अहिले जारी छ ।
जसअनुरुप नै आम उपभोक्ताको घरदैलोमा पुगेर मत मागिरहेका छन् अध्यक्षका उमेद्वार रोहित बुढाथोकी । लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलको नेतृत्व गरिरहेका बुढाथोकी आफ्नो समग्र टिम लिएर घरदैलोमा व्यस्त छन् ।
मध्यम वर्गीय किसान परिवारमा जन्मिएका बुढाथोकीको नाम वर्तमान समाजमा नौलो होइन । समाज र आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न संघसंस्थाको कुशलतापूर्वक नेतृत्व सम्हालिसकेका उनले कानुन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । कक्षा १ देखि नै सीमानामा स्थापित विद्यालय काँकरभिट्टा माविमा अध्ययन गरेका बुढाथोकी २०४१ सालको पहिलो एसएलसी ब्याजका विद्यार्थी हुन् । एसएलसी पश्चात महेन्द्र बहुमुखी क्याम्पस इलामबाट आइएसी अध्ययन गरेका उनले ‘ल क्याम्पस’ काठमाण्डौँबाट बीएलसम्मको अध्यन गरेका छन् ।
यो त भयो उनको पढाई सम्बन्धी चर्चा । उनी समाजिक कर्ममा पनि उत्तिकै सक्रिय छन् । उनले रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्ष भएर नेतृत्व सम्हालिसकेका छन् भने काँकरभिट्टा खानेपानी संस्थाको कार्यसमिति सदस्य भएर समेत कार्यभार सम्हालिसकेका छन् । मेची अञ्चल ट्रक व्यवसायी संघमा दुई कार्यकाल सचिव र एक कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभव उनीसँग छ । अहिले पनि उनले लोकतान्त्रिक यातायात व्यवसायी महासंघ केन्द्रीय सदस्य पदमा रहेर जिम्मेवारी निभाइरहेका छन् । २०५० सालदेखि नेपाली कांग्रेस पार्टीमा आबद्ध उनी पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका छन् ।
यतिमात्रै होइन सामाजिक र नागरिकको जीवन स्तरसँग जोडिएको उनको कर्मको चर्चा गर्दै गर्दा कोरोनाको महामारीमा नगरपालिकालाई अक्सिजन वितरण गरेको रोटरी क्लबको अध्यक्ष हुँदा मेची आम्दा अस्पताललाई ७५ लाख रुपैयाँको अक्सिजन प्लान्ट उनकै नेतृत्वमा जडान गरेको बिर्सन हुँदैन । मेचीनगर–५ मा रहेको बालकल्याण मावि, मेचीनगर–६ मा रहेको काँकरभिट्टा मावि, मेचीनगर–४ को पशुपति मावि, मेचीनगर–७ को कृष्ण प्राविमा विद्यार्थीहरुका लागि खानेपानीको धारा समेत रोटरीमा रहँदा उनकै नेतृत्वमा जडान गरिएको थियो । उनले कोरोनाकालमा मेचीनगर–११ स्थित धाइजनमा प्रतिक्षालय निर्माण गरिदिए ।
उपभोक्ताको घरघरमा स्वच्छ र शुद्ध पानी सहज र सर्वशुलव तवरबाट पुर्याउने प्रमुख लक्ष्यका साथ यतिबेला उनी चुनावी मैदानमा छन् । उनको नेतृत्वमा रहेको प्यानलको साझा नारा नै छ ‘स्वच्छ र सर्वसुलव पानीको निरन्तरता, हाम्रो साझा प्रतिवद्धता’ । खानेपानी संस्थाको नेतृत्व सम्हाल्दै गर्दा विभिन्न चुनौतीहरु आउँछन् । तर, त्यस चुनौतीहरुलाई सहज ढंगबाट अवसरमा बदल्ने खुबी उनमा छ ।
कानूनको विद्यार्थी रहेका उनी ऐनकानून, विधि प्रक्रिया लगायतका विषयमा जानकार छन् । आवश्यक नीति र नियमका साथ उपभोक्ताबाट उठेका महशुल, विभिन्न निकायबाट आएका रकम कसरी र कहाँ व्यवस्थापन गर्ने रु उनीसँग दिर्घकालिन योजना छ । मतदाताका घरदैलोमा पुगिरहेका उनले यतिबेला सबैलाई भनिरहेका छन्, ‘तपाँईहरुको मत कत्तै पनि कहिले पनि खेर जान दिने छैन, संस्थाको समृद्धीका लागि सदैव तपाँईहरुका सुझावको आशा गर्नेछु र संस्थाको गौरवलाई शिरमा राखेर काम गर्नेछु ।’
क्गल द्दण्स्द्द

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु