अनुभव बटुलेका : आचार्य

2024-06-07 मा प्रकाशित

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष पदका उम्मेदवार सन्तोष आचार्य अनुभवी र सक्रिय व्यक्तिको रुपमा परिरचित छन् । २०३३ साल फागुन १० गते उनको जन्म भएको हो । आमा रेवतीकुमारी र बुवा पदमकुमार आचार्यको कोखबाट जन्मिएका सन्तोषले काँकरभिट्टालाई नै कर्मथलो बनाएका छन् ।
सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका उनीसँग विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरेको अनुभव थुप्रै छ । १६ वर्ष काँकरभिट्टा खानेपानीमा बटुलेको अनुभवले उनलाई अध्यक्ष पदको उम्मेदवार बनाउने गतिलो कडी बनाएको छ ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा उनको अग्रणी भूमिका रहिआएको छ । त्यही अनुभवले खारिएका आचार्यलाई एमाले पार्टीले केन्द्रीय खानेपानी विभागका केन्द्रीय सदस्य बनाएको हो । नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, नाइट चेस क्लबका पूर्व महासचिव, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्षको कुशलतापूर्वक जिम्मेवारी उनले पूरा गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु