पशुपति बोर्डिङ स्कूलद्वारा आयोजित समर क्याम्प सम्पन्न

2024-06-08 मा प्रकाशित

मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले आयोजना गरेको दिवसीय समर क्याम्प शुक्रबार सम्पन्न भएको छ ।
विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले विद्यालयले २३ गते देखि ‘समर क्याम्प’ आयोजना गरेको थियो ।
समर क्याम्पमा कप टावर, स्लो साइकल रेश, हडल रेश, गायन नृत्य, हाइजिङ्क, , स्वीमिङ, लगायत बिभिन्न प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका शिक्षक याम निरौलाले बताए
कार्यक्रमको अन्तिम दिन कक्षा १का विद्यार्थीहरुलाई फेस पेन्टिङ र क्राफ्ट, कक्षा दुई देखि ५ सम्मका विद्यार्थीहरूलाई मिनि माउन्टेन लगायत महत्त्वपूर्ण पर्यटनस्थलहरुको भ्रमण ,कक्षा ६,७ ८,९, १०का विद्यार्थीलाई विर्तामोडमा रहेको “लिन नेपाल”मा स्विमिक,हाइकिङ्क, आउटिङ,आदि गर्दै कार्यक्रम सम्पन्न गरेको विद्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु