पत्रकार पौडेल सम्मानित

2024-06-21 मा प्रकाशित

मेचीनगर । जनसंसद अनलाइनका सम्पादक एवम् मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल सम्मानित भएकाछन् । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको भवन निमार्णका लागि उनले गरेको योगदानको कदरगर्दै पौडेललाई सम्मान गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्याल इटहरीले काँकरभिट्टा स्थित ट्राफिक प्रहरी पोष्ट निमार्णको संयोजकका रुपमा उनको योगदानको कदर गर्दै दोसल्ला सहित सम्मान पत्रद्धारा पौडेललाई एक कार्यक्रमका बीच आज सम्मान गरेको हो ।

ट्राफिक सप्ताह २०८१को समुद्घाटन कार्यक्रमका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी,कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक चन्द्रकुबेर खापुङ्ग,प्रहरी उपरिक्षक सरोज पौडेल लगायतका उपस्थिति रहेको थियो । आफुले पाएको यो सम्मान काँकरभिट्टा स्थित ट्राफिक प्रहरी पोष्ट निमार्णका लागि साथ र सहयोग गर्ने सबैको सम्मान भएको पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु