मेचीनगरले ल्यायो २ अर्ब ५ करोड बढीको प्रस्तावित बजेट

2024-06-24 मा प्रकाशित

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१÷ ०८२ का लागि रु दुई अर्ब पाँच करोड २९ लाख दुई हजारको वार्षिक बजेट ल्याएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को प्रस्तावित बजेट २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ ल्याएको हो । यो बजेट झापा जिल्लामा सबै भन्दा ठूलो हो ।
मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् ।
बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएको छ । बुधबार मात्र पूर्ण बजेट आउने बताइएको छ । मेचीनगरमा आव २०७८÷ ०७९ मा एक अर्ब ५३ करोड, २०७९÷०८० मा रु एक अर्ब ४८ करोड र २०८०र०८१ मा रु एक अर्ब ५१ करोडको बजेट ल्याइएको थियो । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले गरेका थिए ।
नगर अधिवेशनमा संघीय र प्रदेश सांसदका साथै राजनीतिक दलहरूलाई नबोलाएको भन्दै नेपाली काँग्रेस निकटका वडाध्यक्षहरूले विरोध जनाएका थिए । उनीहरुले कार्यक्रम प्रति आफूहरुको सहमति नहुने जनाएपछि मेयर बुढाथोकीले कानून सम्मत कार्यक्रम सुरु गरिएको र सांसदहरुलाई समेत निमन्त्रणा गरिएको भएपनि उहाँहरुको कार्य ब्यस्तताको कारण आउन नभ्याएको जानकारी गराएका थिए ।
सो अवसरमा मेचीनगर– ६ का वडाध्यक्ष ललितबहादुर तामाङ र वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलालाई विरोध जनाएका थिए । सोमबार मात्रै मेचीनगरको काम सन्तोषजनक हुन नसकेको भन्दै नेपाली कांग्रेस सहित पाँच राजनीतिक दलहरुले संयूक्त रुपमा विज्ञप्ती जारी गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु